सावधान! विषालु आँप खाइएला !

गर्मीको समय पाकेर पहेँलो भएको आँप देख्दा जिब्रो रसाउँछ । खाउँ खाउँ लाग्छ । तर सावधान । यस्तो आँप विषाक्त हुनसक्छ ।
व्यापारीले काँचो आँप कार्बाइड नामक रसायन हालेर पकाउने तथा बजारमा बेच्ने गरेकाले यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।
महङ्गोमा बेचेर बढी आर्थिक लाभ लिने लोभमा व्यापारीले काँचो आँपमा क्याल्सियम कार्बाइडजस्ता अखाद्य वस्तु मिसाएर पकाउने र बजारमा बेच्ने गरेकाले यस्ता फलको सेवन मन्द विष सरह हुने विज्ञहरू बताउँछन् ।
कार्बाइडको प्रयोगले श्वासनली, घाँटी, आँखा, छालामा नकारात्मक प्रभाव पार्नाका साथै मस्तिष्कमा अक्सिजनको मात्रामा कमी भइटाउको दुख्ने, आँखा धमिलो देख्ने, रिङ्गटा लाग्ने, बोली लरबराउने, श्वास फेर्न समस्या हुने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, फोक्सो, मुटु, मिर्गौलामा समेत घातक असर पार्छ।
चिकित्सक डा सुरेन्द्रकुमार कर्ण भने, 'कार्बाइड हालेको आँप खानाले गर्भवती महिलाको गर्भ तुहिने र अर्बुद रोग समेत हुने सम्भावना रहन्छ।'
व्यापारीहरूले फलफूललाई छिट्टै पकाउन क्याल्सियम कार्बाइडजस्ता रसायन हालेर पकाउँदा आँप छिट्टै पाक्छ। जनकपुरमा ठेलामा आँपको व्यापार गर्दै आएका भारत सोनवर्षाका शिवशङ्कर यादवले भने, 'खासगरी आँप प्राकृतिकरूपमा पाक्ने समय असार अन्तिमदेखि हो तर अहिले काँचो आँपमा रसायन हालेर पकाउने र बजारमा बिक्री गर्ने गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक छ।'
पहेँलो पाकेको र खाउँखाउँ लाग्नेजस्तो देखिने आँप माथिबाट राम्रो देखिएपनि यसले स्वास्थ्यलाई बिगार्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । काँचो आँपमा कार्बाइड राख्दा २४ घण्टाभित्र पाक्छ ।
nagarik edited


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>