२४ लाख खर्चेर कुकुरको उपचार : निको भएपछि भव्य स्वागत
एउटा बहादुर कुकुरको ज्यान बचाउन २४ लाख रुपैया भन्दा बढी खर्च गरिएको छ । झण्डै आठ महिनाको अमेरिकी अस्पताल बसाईपछि निको भएर कुकुर आफ्नो घर फर्किएको छ ।
कुकुरको स्वदेश फिर्तीलाई लिएर फिलिपिन्समा हिरोलाई जस्तै स्वागत गरिएको छ । यसरी महँगो उपचार र भव्य स्वागत पाउनुपर्ने त्यस्तो के काम गर्यो भन्ने लाग्यो होला ।
दुई बालिकाको ज्यान जोगाउने क्रममा कवाग नामक कुकुरको मुख र मेरुदण्ड भाँचिएपछि उपचारका लागि कोलम्बिया युनिभर्सिटीको अस्पताल भर्ना गरिएको थियो।
डिसेम्बर २०११ मा मोटरसाइकलले मालिकका दुई बालिकालाई ठक्कर दिन खोज्दा कुकुरले बचाएको थियो। कुकुरको सो साहसप्रति साहनुभूति देखाउँदै उपचारका लागि फेसबुक र ट्विटरबाट मान्छेलेहरु पैसा संकलन गरेका थिए।
अमेरिकाको कोलम्बिया विश्व विद्यालयको पशु अस्पतालमा कवागको दुई पटक सर्जरी गरिएपछि कवाग निको भएको हो। मिश्रित नश्लको कवागको उपचारका लागि ४५ देशका मान्छेले २७ हजार अमेरिकी डलर जम्मा पारेपछि उसको उपचार सम्भव भएको बीबीसीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् >>