बन्दले जनजीवन प्रभावित


नेकपा–माओवादी र ने.क.पा.(माओवादी), मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद,संघिय समाजवादी पार्टी र जनमुक्ती पार्टीले आज देखी गरेको अनिश्चीतकालिन सङ्खुवासभा बन्दका कारण जनजीवन कष्टकर बनेको बनेको छ । जनस्वास्थ्य कार्यालयको आर्थिक हिसावको  लेखा परिक्षण गरी सार्वजनिक गर्नु पर्ने, कर्मचारी सरुवा गर्नु पर्ने, कर्मचारी गुठबन्दी हटाउनु पर्ने, डाक्टरलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही गर्नु पर्ने माग राख्दै ताला लगाइएको थियो ।
बन्दमा मोटरसाइल, एम्बुलेन्स, र बिवाहका गाडी मात्र चलेका थिए भने बाँकी यातयात ठप्प रहयो । बन्दमा बजार, उद्योग कलकारखाना, शैक्षिक संस्था बन्द हुँदा जनजीवन कष्टकर बनेको छ । बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै नमुना बोर्डिङ स्कलुमा ताला समेत लागएका छन् । बन्दका कारण धरानबाट खाँदबारी आउने र जाने बस र खाँदबारीबाट नुम, बाह्रबिसे,चैनपुर, तुम्लिङटार, चेवा छुट्ने ट्याक्सी पुर्ण रुपमा ठप्प भएको छ । यातयात नचल्दा सदरमुकाम आउने सेवाग्राहीले कष्ट खेप्नु परेको छ ।
आन्दोलनरत पक्षले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने जनाएको छ । जेठ १४ गते आन्दोलनरत दलले तालाबन्दी गरेको र तालाबन्दी पछि प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको संयोजकत्वमा बैठक बसी माग पुरा गर्न प्रयास गर्ने बने पनि मागको वेवास्ता गरेको भन्दै जेठ २७ गते पुनः तालाबन्दी गरे पछि प्रशासनले हस्तक्षेप गरेको थियो । निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख प्रणय कुमार उपाध्य बस्ने वातवरण नभएको भन्दै  हिजै काठमाडौ गइसकेका छन। आन्दोलन भएको १४ औं दिन बिति सक्दा पनि प्रशासन र राज्यले समाधानको कुनै बिकल्प नरोज्दा जिल्लाबासी सेवाग्राहीले समास्या झेल्न बाध्य भएका छन् ।
अनिष विष्ट / सङ्खुवासभा, jestha 30

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>