पूर्वमा चर्कियो गर्मी : ३६.६ डिग्री सेल्सीयस तापक्रम

तीनदिन यता बढेको गर्मीका कारण पूर्वी तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
विगत तीन दिनयता हावापानी कार्यालय विराटनगरले मापन गरेको अनुसार तापक्रम न्यूनतम ३० डिग्री सेल्सीयसदेखि ३६.६ डिग्री सेल्सीयस पुगेको छ ।
कार्यालयकाअनुसार हिजो सबैभन्दा बढी ३६.६ डिग्री सेल्सीयस मापन गरिएको थियो । ३६ डिग्री भन्दा माथि तापक्रम बढेपछि अत्यधिक गर्मी महशुस हुने कार्यालयले जनाएको छ । आज विहान ११ नै तापक्रम ३६.४ डिग्री रहेको कार्यालयले जनाएको छ ।
गर्मीका कारण स साना बालबालिका बढी प्रभावित भएको चिकित्सकहरुले बताएका छन् ।
पुण्य पि अधिकारी, विराटनगर, जेठ ३०


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>