नियम मान्छौं तर निरुत्साहि नबनाऊ : सुन व्यवशायी
आफूहरुलाई उपेक्षा गरी निर्देशिका ल्याउन लागेको भन्दै सुनसरीका सुन व्यवशायीहरु आन्दोलित भएका छन् । विहीबार इटहरी नगरपरिक्रमासहित कोणसभा गरेका सुनसरीका व्यवशायीहरुले व्यवशाय सुरक्षाको माग गरेका छन् ।
सरकारले आफुहरुसँग सल्लाह लिएर मात्र सुनचाँदीसम्बन्धि नियम कानुन ल्याउनुपर्ने भन्दै कर तिरेर उत्तरदायीतरिकाले काम गर्दा पनि सरकारले उपेक्षा गरेको गुनासो गरेका छन् । रत्न तथा सुनचाँदी आभूषण महासंघ तथा सुनचाँदी व्यवशायी संघ सुनसरीले संयुक्त रुपमा गरेको र्याली तथा सभामा गुणस्तर जाँच्ने निकाय खडा गरेर अनुगमन गरेमा आफूहरु सहयोग गर्न तयार रहेको व्यवशायीले बताएका छन् ।
कार्यक्रममा बोल्दै महासंघका सुनसरी अध्यक्ष विश्व धिमाल, सचीव टेकेन्द्र योङहाङ, सुनचाँदी व्यवशायी संघका सुनसरी अध्यक्ष सुनिल अग्रवालले व्यवशायीहरुलाई उपेक्षा गर्दै विस्थापित गराउन खोजिएको आरोप लगाए ।
सचीव योङहाङले गुणस्तर नाप्ने बहानामा सुनचाँदी व्यवशायीहरुलाई निरुत्साहित बनाउने काम गरिएको बताए । सरकारले सुनचाँदी खरिदबिक्रिलाई व्यवस्थित बनाउने भन्दै एकतर्फी निर्देशिका जारी गर्न लागेपछि व्यवशायीहरु केही दिनदेखि व्यवशाय बन्द गरेर आन्दोलित भएका हुन् । निर्देशिकामा समेट्न खोजिएका नियमहरु अव्यवहारिक र व्यवशायीलाई विस्थापित गराउने खालको रहेको गुनासो गरिएको छ । उनीहरुले सुनको आपूर्ती सहज बनाउन समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
.jpg)