सुस्ता सहित डेढ सय गाउँ डुबान खतरामा

सिंचाइका लागि भारतको उत्तर प्रदेश र बिहार पानी लैजान बनाइएको गण्डक बाँध कारण नेपाली गाउँ डुबानको खतरामा परेका छन्। नारायणी पारिको सुस्ता र वारिका डेढ सय गाउँ डुबानको खताराले त्रसित छन्। बाढी आएसँगै गण्डकबाँध हुँदै भारत जाने पानी नहरमा नपठाई बाँधका ढोका खोलिएका छन्।
बेगले बगेको नारायणीले नेपाली गाउँमा कटान थालेको छ। नदी छोएका केही गाउँका खेतबारी बगाइसकेको छ भने अरुतिरका स्थानीय बाढी पस्ने त्रासमा छन्।
गण्डकबाँध भत्किए विग्रिए भारतले बनाउने सहमतीमा उल्लेख छ। तर ठाउँ ठाउँमा भत्किएका ठोकर र बाँध समयमै मर्मत नहुँदा स्थिति भयावह बनेको हो।
...
'गएको वर्ष एकसय ६३ मिटरको १२ नम्बरको ठोकर बाढीले भत्काएर सोमबारसम्म ५३ मिटर बनायो स्थानीय प्रेमचन्द गुप्ता भन्छन्- 'मंगरबार बिहान थप दशमिटर बढी भत्काएर ४० मिटरमा ठोकर खुम्चिसक्यो।' १२ नम्बर जस्तै ११ र १३ नम्बरका ठोकर गाउँ जोगाउन नदी तटमा निर्माण गरिएका हुन। तर अविरल वर्षापछिको बाढीको बेग थेग्न नसकेपछि ती ठोकरहरु गाउँतिरै खुम्चिदै गएका छन्।
'वर्षदिन अघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई आएर तत्काल बनाउन पहल गर्छु भन्नुभयो त्यसको एकवर्षमा पनि भत्केका ठोकर निर्माण भएनन्], उनी भन्छन्- 'परिणाम नारायणीको वेग गाउँतिर सोझिदैछ।'

चाँदनी हमाल
चितवन


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>