सुन्दपुरमा व्यापक तस्करी : सात जना पक्राउ

मोरंगको सुन्दरपुरस्थित  सिद्धार्थ सामुदायिक वनमा व्यापक काठ तस्करी हुने गरेको खुलासा भएको छ । सामुदायिक वन पदाधिकारीकै सहभागितामा भएको तस्करी रोक्न प्रहरी प्रशासन र वन कार्यालय समेत असक्षम छन् ।
मोरंगको सलकपुरस्थित इलाका वन कार्यालयले १७२ किवि काँचो काठ बरामद गरेपछि सो खुलासा भएको हो । को १ त ४४३२ नं. को ट्याक्टरमा
लोड गर्दै गरेको अवस्थामा बेलबारी प्रहरीको सहयोगमा सात जना मजदुरलाई समेत पक्राउ गरेको छ । मजदुरहरुसँग बयान लिने क्रम चलिरहेको र सामुदायिक वन पदाधिकारीहरुको संलग्नता समेत खुल्दै गएको कार्यालय प्रमुख जनक उपाध्यायले बताए ।
सो वन क्षेत्रमा सामुदायिक वन पदाधिकारीकै संलग्नतामा हुने तस्करीका कारण नियन्त्रण गर्न पनि कठिनाइ हुने गरेको उपाध्यायले बताए ।
सुन्दरपुर क्षेत्रका वनबाट यसअघि पनि सवारीसाधनसहित पटक पटक ठूलो परिमाणमा काठ तस्करी हुने गरेको थियो । यस विषयमा सम्बन्धित वनका सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चन्द्र राईसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया दिन मानेनन् ।
सुनसरी, असार १५
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>