खम्बु पेस्तोलसहित पक्राउ
Posted by
purwanews
Published on
Saturday, June 29, 2013
भूमिगत संगठन लिम्बुवान मोर्चाका एक नेता तथा लडाकु विकास खम्बु उर्फ प्रेम चामलिङ हतियारसहित खोटाङबाट पक्राउ परेका छन्। मोर्चाको सैन्य विभाग प्रमुख तथा इलाम जिल्ला अध्यक्षसमेत रहेका इलाम दानाबारी ३ का स्थायी बासिन्दा खम्बु एकथान कटुवा पेस्तोलसहित खोटाङको खाल्ले जंगलबाट तीनदिनअघि पक्राउ परेको जिल्ला प्रहरी खोटाङले जनाएको छ।
खाल्ले ९ स्थित कल्से जंगलबाट मंगलबार मध्यरात सुराकीको आधारमा सर्च गर्न गएको टोलीले उनलाई पक्रन सफल भएको खोटाङ प्रहरी प्रमुख नायबउपरीक्षक राजिव बस्नेतले बताए। खुम्बु तत्कालीन किरात जनवादी वर्कर्सका केन्द्रीय सैन्य कमाण्डरसमेत रहिसकेको प्रहरीको भनाइछ। छ महिना अघिसम्म खुम्बु लिम्बुवान मोर्चाको इलाम अध्यक्ष रहेको र त्यसपछिको अवस्थाबारे नखुलेको डीएसपी बस्नेतले बताए।
उनको साथबाट प्रहरीले नलकटुवा पेस्तोलमा जाने चार थान गोली पनि बरामद गरेको जनाइएको छ। अदालतबाट म्याद थपी प्रहरी हिरासतमा राखेर उनीविरुद्ध हात हतियार तथा खरखजाना ऐनअन्तरगत कारबाही प्रक्रिया अघि बढाइएको बस्नेतले बताए।
महेश्वर चामलिङ राई /
उदयपुर
प्रतिक्रिया दिनुहोस् >>