लिम्बुवानमा फेरी फुट
फुट्दै र एकता हुँदै गर्ने पुर्वका लिम्बुवान संगठनमा फेरी विवाद देखिएको छ । दुई वर्षअघि दुई वटा संगठनहरुबिच एकता गरेर बनाएको लिम्बुवान मुक्ति मोर्चामा विवाद देखिएको हो ।
नयाँ दल दर्ता गर्ने जिम्मा महासचीव पदम अधिकारीलाई दिइएकोमा अध्यक्ष वीर नेम्वाङले सुटुक्क दल दर्ता गरेपछि महासचीवलगायत केन्द्रिय समितिका २८ जनाले नेम्वाङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको जनाएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रामभक्त कुरुङवाङलाई कार्यवाहक अध्यक्ष बनाइएको र नेम्वाङलाई सच्चिनका लागि दुई महिनाको समय दिएको समेत जानकारी दिइयो । नेम्वाङसहित केन्द्रिय समितिका आठ जनाको मिलेमतोमा लिम्बुवान मुक्ति मोर्चा नामक पार्टी दर्ता गरिएको कुरुङवाङले आरोप लगाए । पार्टीलाई फुटाउने काममा संलग्न रहेको भन्दै हिम्मत नेम्वाङ, दीपक मेन्याङवो र देउकुमार नेम्वाङलाई समेत साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जनाइएको छ ।
अध्यक्षले सुटुक्क पार्टी दर्ता गराएपछि आफूहरुले पनि लिम्बुवान मुक्ति मोर्चा नेपाल नाममा नयाँ पार्टी गठन गरेको महासचीव पक्षले जनाएको छ । हालसम्म लिम्बु
वानको नाममा तीन वटा दल दर्ता भइसकेका छन् ।
सुनसरी, जेठ २२
प्रतिक्रिया दिनुहोस् >>