सुपारीको रिसमा प्रहरी कुटे काँकडभिट्टावासीले

दुई होटल व्यवशायीको झगडा समयमा मिलाउन नआएको भन्दै स्थानियले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले गोली चलाएको छ । झापाको काँकरभिट्टामा बिहिबार राती भएको घटनामा दुई ज ना प्रहरी घाइते भएका छन् ।
दुई होटल व्यवशायी बिच बिहिबार बिहानैदेखि उत्पन्न विवादले राती १० बजे उग्र रुप लिएपछि स्थानियले प्रहरीलाई खबर गरेको थिए । मेचीनगरको भक्तपुर गेस्ट हाउस र ग्रीन भ्याली होटल वीच हिकोला कलर ल्याबको पुरानो जेनेटर हुलाक कार्यलयबाट डोजरमा होलेर लाने क्रममा बाटो बिग्रिएको भन्दै विवाद शुरु भएको थियो ।
विवाद बढ्दै गएपछि प्रहरी ढिलो आएको भन्दै स्थानीय प्रहरी विरुद्ध खनिएका थिए । भीडबाट ढुगांमुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस र पाँच राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी नलप्रसाद उपाध्यायले बताए ।
ढुंगा प्रहारबाट महिला प्रहरी जवान तुलसा भट्टराई र प्रहरी नायव निरीक्षक डम्बर आचार्य घाइते भएका थिए । प्रहरीले आठ जनालाई पक्राउ गरेर बिहान अनुसन्धान पछि छ जनालाई छाडिएको थियो ।
पछिल्लो समय भारततर्फ सुपारी निकासीमा प्रहरीले कडाई गरेपछि स्थानीयवासी प्रहरीसँग रुष्ट छन् ।
पंकज शर्मा, जेठ २४, भद्रपुर


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>