अनिज अब फोनिज
Posted by
purwanews
Published on
Wednesday, June 12, 2013
२१ बुँदे तमूवान घोषणापत्र जारी गर्दै जादिवासी जनजाति पत्रकारहरुको महाधिवेशन सकिएको छ । पोखरामा सम्पन्न सम्मेलनले नेपाल आदिवासी जनजाति पत्रकार संघलाई महासंघ बनाउँदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नाम राख्ने निर्णय गरेको हो ।
महाधिवेशनले जातीय पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान जारी गर्न र छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न माग गरेको छ । महाधिवशेनले आदिवासी जनजातिहरुको लगानीमा रहेको सञ्चारमाध्यमको सञ्जाल -पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन) गठन गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।
महाधिवेशनले जारी गरेको घोषणा पत्रमा जनजाति नेता गोरेबहादुर खपांगीको स्वास्थ्यपोचार खर्च उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।
jestha 29
प्रतिक्रिया दिनुहोस् >>