गोरु काट्ने दुई पक्राउ
Posted by
purwanews
Published on
Thursday, June 13, 2013
झापाको दक्षिणी गाविस जलथलमा गोरु काटेर बेच्ने गरेको अभियोगमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ ।
जलथल ७ स्थित नर प्रसाद घिसिङको आगनमा गौ काटेर मासु बच्ने गरेको स्थानीयबासीहरुले प्रहरीले खबर गर्दा उनीहरु गोरुको मासु सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा जलथल ७ का मनप्रसाद लिम्बु र धन कुमार मोक्तान रहेका छन । प्रहरीले उनीहरुबाट गोरुको टाउको, चारवटा खुटा र मासु बरामद गरेको छ । उनीहरुलाई मुद्दा दर्ता गरि थप अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।
भद्रपुर, जेठ २९
प्रतिक्रिया दिनुहोस् >>
