धरौटी तिर्न नसक्दा पर्शुराम जेल चलान

विशेष अदालतले मागेको धरौटी तिर्न नसकेपछि विराटनगरमा डनका रुपमा चिनिएका पर्शुराम वस्नेत सोमबार जेल चलान भएका छन् । अवैध रुपम अकुत सम्पत्ति कमाएको अभियोग लागेका वस्नेतलाई सोमबार विशेष अदालतले २ करोड धरौटी मागेको हो । वस्नेतकी श्रीमती अन्जुसिंह वस्नेत भने साधारण तारेखमा रिहा भएकी छन् । वस्नेतलाइ केन्द्रीय कारागार पठाइएको छ ।
सम्पत्ती सुद्धिकरण विभागले अवैध रुपमा अकुत सम्पत्ति कमाएको आरोपमा वस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । वस्नेतले ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोप छ । सोमबार बिहान श्रीमती अन्जु सहित विशेष अदालतमा वस्नेत आफै हाजिर भएका थिए । विभागले वस्नेत सहित डन भनेर चिनिएका अभिसेक गिरी, दीपक मनाङे, चक्रे मिलन र गणेश लामा माथि अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा चलाएको छ । पत्रकार खिलानाथ कुटपिट आरोपमा पक्राउ पर्ने डरले भुमिगत भएका थिए पर्शुराम बस्नेत । हप्तौ भागेका उनी अन्ततः आफै आत्मसमर्पण गर्न प्रहरीकोमा पुगेका थिए ।
अघिल्लो घटनाले नै चेतिसकेका बस्नेत यसपटक भने विशेष अदालतमा मुद्धा दायर भएलगत्तै अदालत पुगेका हुन् । उनीलगायत पाँच जना डनमाथि मुद्धा दायर गरेकोमा अदालत पुग्ने उनी पहिलो व्यक्ति बनेका छन् ।
जेष्ठ २७
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>