हात्ती रोक्न प्रशासन गुहारियो

झापाका हात्ति पिडित किसानहरुले जनधनको क्षति रोक्न विशेष कदम चाल्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
विगत दुई दशकदेखि झापाका पूर्वोत्तर गाविसहरु बाहुनडाँगी, बुधबारे, शान्तिनगर, धाइजन, खुदुनाबारी, मेचीनगरलगायतमा लगाउँदै आएको बालीनाली खाइदिने, घर टहरा भत्काइदिने र मान्छेको ज्यान समेत लिई भारतीय क्षेत्रबाट आएका हात्ति आतंक बन्द गर्न माग राख्दै ज्ञापन पत्र बुझाइएको हो ।
हरीप्रसाद उप्रेती संयोजक रहेको हात्ति पिडित संघर्ष समितिले ६ बुँदे माग राखी ७ दिने अल्टिमेटम सहित प्रमुख जिल्ला अधिकारी एकमणी नेपाललाई ज्ञापन
पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा उल्लेख भए अनुसार भारतीय क्षेत्रबाट अन्नबाली भित्राउने समयमा नेपाल तर्फ सयौको संख्यामा पठाइने गरेका हात्ति नियन्त्रण गरिनु पर्ने , हात्तिले पु¥याएको क्षतिको उचित क्षतिपूर्ति दिइनु पर्ने,
हात्तिद्धारा घाइते बनाइएकाको सरकारले उपचारको पूर्ण ग्यारेण्टी लिनु पर्ने, मृतकलाई १० लाख क्षतिपूर्ति दिइनु पर्ने लगायतका मागहरु राखिएको छ ।
सात दिनभित्र उल्लेखित मागहरु पुरा नभए सडक जामदेखि भन्सार अवरोध सम्मका कार्यक्रम समेत संघर्ष समितिले सार्वजनिक गरेको छ ।
झापा, जेठ २७
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>