पागल युवती पानीटंकीमाथि नाच्न थालेपछि (फोटोहरुसहित)

मानसिक अवस्था ठिक नभएकी एक युवती पानी टंकीमाथि चढेपछि चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति परिसरमा बिहीबार विहानभर हल्लीखल्ली मच्चियो ।
खानेपानी ट्याङ्की माथि चढेकी युवती नाच्दै गरेको कर्मचारीले देखेपछि सुरक्षाको विषयलाई लिएर भागदौड नै मच्चिएको हो । सम्भावित खतरालाई ध्यानमा राख्दै पानीटंकीका कर्मचारीहरुले उनलाई सिँढिबाट होसियारीपूर्वक तल उतारेका थिए ।
बिहिवार बिहान १० बजे कार्यालय खुल्ने समयमा एक्कासी ती युवती पानीको टंकीमाथि चढेर नाच्न थालेकी थिइन् । उनी कसरी त्यहाँ चढीन् भन्ने बारे घटनालगत्तै पुगेका जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहन प्रसाद शर्माको टोलीले छानविन थालेको छ ।
पंकज शर्मा, झापा, ३० जेठ




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>