सिन्धुली कारागार आइतबार तनाव ग्रस्त
Posted by
purwanews
Published on
Sunday, June 16, 2013
चौकिदारको ज्यादतीविरुद्ध कैदीबन्दी उत्रिएपछि सिन्धुली कारागार आइतबार तनाव ग्रस्त बेनेको छ। चौकीदार निरन्जन खनालले ज्यादती गरेको भन्दै कारागारमा रहेका कैदीबन्दीहरु जेल सरुवाको माग गर्दै नाराबाजी गरेपछि कारागार तनावग्रस्त बनेको हो । अहिले कारागारमा कारागार प्रशासन र कैदिहरु बिच बार्ता भाईरहेको सिन्धुलीका डि एस् पि सानुराम भट्टराईले जानकारी दिए ।
चौकीदारले कारागारमा रहेका कैदीबन्दीहरुलाइ साता अघिदेखि यातना दिएको, रासनमा अपचलन गरेको, मनपरीरुपमा नाइके र भाईनाईके बनाएको कैदीबन्दीहरुको भनाई छ । यसअघि गत पुष १८ गते चौकीदारको ज्यादती सहन नसकेको भन्दै कैदीबन्दीहरुले चौकीदारको हत्या गरेका थिए । २५ जना क्षमता रहेको कारागारशाखामा १० महिला सहित ८७ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस् >>