बन्दका कारण पूर्वको जनजीवन कस्टकर
Posted by
purwanews
Published on
Sunday, June 16, 2013
संविधान सभाको निर्वाचनको मिति घोषणामा असन्तुष्टी जनाउँदै सरकार विरुद्ध आन्दोलित नेकपा माओवादी लगायतका दलले आह्वान गरेको नेपाल बन्दका कारण आज पुर्वाअञ्चलको जनजीवन प्रभावित भएको छ। नेकपा–माओवादी, संघिय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादी सहितका दलले संयुक्त रुपमा बन्दको आब्हान गरेका हुन् ।
बन्दको अवज्ञा गरेको भन्दै विराटनगरमा कलेज बस तोडफोड भएको छ । बन्दका क्रममा पिपुल्स मल्टीपल हेल्थ इन्स्च्युट विराटनगरको गाडी तोडफोड गरिएको हो ।बन्द कर्ताले सबारीका चालक समेत कुटपिट गरेका छन् । यसैबीच बन्दकर्ता कारण देशभरसहित पूर्वको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बिहानै देखी यातायातका साधन,बजार,बिद्ध्यालय,कल-कारखाना ठप्प छन। यातायात नचलेका कारण सर्बसाधारण हिंडेर गन्तब्ब्यमा पुग्न वाध्य छन। बन्दकर्ताहरु प्रमुख चोक चोकमा बसेर बसेर सवारी साधन चल्न दिएका छैनन ।
बन्द साँझ 5 बजे पछि मात्र खुल्नेछ । प्रमुख चार दलबीच भएको ११ र २५ बुँदे सहमति खारेज गरी नयाँ सहमतिमा जानुपर्ने माग बन्दकर्ताले राख्दै आएका छन् । बन्दकर्ताले बन्दको बेलामा पनि एम्बुलेन्स, प्रेस र अति आवश्यक सवारी साधनलाई भने चल्न दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् >>