सरदुलको हत्यामा अनौठो खुलासा : आफ्नै छोरी र छोरीको प्रेमीबाट दाइजोको निहुँमा हत्या
Posted by
purwanews
Published on
Friday, June 7, 2013
स्वतन्त्ररुपबाट निर्वाचनमा उठेर सभासद् बनेका पूर्व सभासद् सदरुलको हत्याको अनौठो खुलासा भएको छ । उनको हत्या आफ्नै छोरी र उनको प्रेमीबाट भएको खुलासा भएको हो, त्यो पनि मागेजती दाइजो नपाएको निहुँमा । हत्या आरोपमा सरदुलकी छोरी र उनका प्रेमीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले बिहीबार दिउँसो सप्तरीको ग्रामीण इलाकाबाट उनका हत्यारालाई पक्राउ गरेको जनाएको छ भने उनीहरुले अपराध स्वीकार गरीसकेको प्रहरीले दावी गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक परशुराम खत्रीकाअनुसार लहान–५ निवासी मौलवी भन्ने जमिर उल र मियाकै छोरीलाई पक्राउ गरिएको हो ।
लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा दाइजोमा कुरा नमिलेको कारण योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
माग्न जाँदा नदिएको र दाइजोको पनि कुरा नमिलेपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली पूर्वसभासद् मियाँको हत्या गरिएको प्रारम्भिक अवस्था देखिएको ती अधिकारीले भने ।
हत्यामा संलग्न अन्य व्यक्तिसमेत पक्राउको नजिक पुगिसकेको प्रहरीले बताएको छ । ५२ वर्षीय पूर्वसभासद् हकको गत ७ जेठमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । यसअघि प्रहरीले उनको हत्या राजनीतिक कारणले गरिएको आशंका गरेको थियो ।
बिहीबार साँझसम्म सप्तरी जिल्ला प्रहरी कार्यालयको टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको टोली भारतमै अन्य अभियुक्तहरूको खोजी गरिरहेको भए पनि उल्लेख्य प्रगतिको खबर नआएको प्रहरीले जनाएको छ । लहान–५ स्थित घरबाटै जमिर उल र उनकी पे्रमिका रहेका मियाँकी छोरी पक्राउ परेलगत्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख खत्री घटनास्थल पुगेका थिए ।
प्रहरीले पूर्वसभासद् हकले प्रयोग गर्ने मोबाइलसमेत बरामद गरिसकेको छ । सोही मोबाइलका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको हो । पूर्वसभासद् हकको शव ७ जेठमा सप्तरीको कल्याणपुर–२ स्थित आफ्नै नाममा रहेको हुमा पेट्रोल पम्पभित्र रहेको कोठामा फेला परेको थियो ।
कल्याणपुरकै रामेश्वर साहकी छोरीको बिहेमा स२प ८५८३ नम्बरको मोटरसाइकल चढेर सहभागी हुन अघिल्लो साँझ घरबाट निस्किएका हक भोलिपल्टसम्म नफर्किएपछि चिन्तित बनेका परिवारजनले खोजतलास गर्दा शव फेला परेको थियो ।
विवाहस्थलबाट राति २ बजे नै घर हिँडेको थाहा पाएपछि पिछा गरी हत्या गरिएको पक्राउ परेका अभियुक्तले प्रहरीलाई दिएको प्रारम्भिक बयानबाट खुलेको छ । उनको घाँटी रेटिनुका साथै शरीरको आधा दर्जन भागमा धारिलो हतियारले आक्रमण गरिएको पाइएको थियो । पूर्वसभासद् हक पेट्रोलियम व्यवसायका साथै काठ तथा इँटा व्यवसायमा समेत संलग्न थिए । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा उनी सप्तरी–५ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिँदै १० हजार ५ सय ३ मत ल्याई निर्वाचित भएका थिए ।
२४ जेठ, काठमाण्डौं
प्रतिक्रिया दिनुहोस् >>