झडपमा परी दुई पत्रकार कुटिए
Posted by
purwanews
Published on
Wednesday, June 5, 2013

प्रहरी र लिम्बुवान समर्थकहरुको झडपमा परी मोरंगका दुई पत्रकारहरु कुटिएका छन् । फोटो सहितको मतदाता परिचय पत्र बनाउने टोलीलाई अवरोध गर्न आएका लिम्बुवान कार्यकर्ताहरुलाई रोक्ने क्रममा प्रहरीले लाठिचार्ज गर्दा समाचार संकलनमा रहेका हाम्रो
लेटांग डट कमका दुई जना घाइते भएका हुन् ।
लेटांगस्थित आफ्नो कार्यालयमा बसेर सम्पादनमा व्यस्त रहेका जीवन लामा र विवेक वस्तीलाई झडपको दृश्य कैद गर्न खोज्दा प्रहरीहरूले कुटपिट गरी घाईते बनाएका हुन् । “यी दुईजना अघी देखि फोटो खिचीरहेका थिए, यिनीहरूको क्यामेरा फुटाईदे अनि हान्दे ।” भन्दै लखेटी निर्मम तरिकाले प्रहार गरेको घाइतेहरुले बताए ।
प्रहरीको कुटाइबाट लामाको टाउको फुटेको छ भने वस्तीको शरीर भरी लाठीको डाम बसेको छ । परिचयपत्र देखाउँदा पनि वास्ता नगरी निर्मम तरिकाले लाठी प्रहार गरेको पिडितहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>