दोस्रो राष्ट्रिय चलचित्र महोत्सव धरानमा (फोटो फिचरसहित)

पूर्वाञ्चलमै पहिलो पटक धरानमा आजबाट दोस्रो राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले गरे ।
चलचित्र विकास बोर्डको आयोजना तथा अनाम धरानको स्थानीय आयोजनामा भएको कार्यक्रमअघि आदिवासी जनजातिको साँस्कृतिक र्यालीले नगरपरिक्रमा गरेको थियो ।
मैदानमा प्रवेश लगत्तै कार्यक्रम हल कलाकारमय बन्न पुगेको थियो । राजधानीबाट पुराना तथा नयाँ कलाकार साथै विभिन्न गायक गायिकाहरुको समेत उपस्थिति छ ।
कार्यक्रमको उद्घाटन गर्दै मह जोडीले राज्यले कलाकारहरुलाई पनि अघि बढ्न बाटो खुल्ला गर्नु पर्ने तर्क गरेका थिए । उनीहरुले देशलाई एकसुत्रमा बाँध्न कलाकारहरुले देन दिन सक्ने बताए । कार्यक्रममा विभिन्न पुराना चलचित्रका गीतमा नृत्य प्रस्तुत गरिनुका साथै हास्यव्यंग्य प्रहसनसमेत प्रस्तुत गरिएको थियो । त्यसका साथै पूर्वका लोक साँस्कृतिक साकेला, च्याब्रुग, धिमाल र हुर्रा नृत्यहरु पनि प्रस्तुत गरिएको कार्यक्रमको उद्घाटन सत्र झकिझकाउ देखिन्थ्यो ।
यसैबीच सुनसरीमा जन्मिएका कलाकाहरुले पूर्याएको योगदानको कदर गर्दै बोर्डले सुनसरीका ६ जना भन्दा बढी कलाकारलाई सम्मान गरेको छ । २० गतेसम्म चल्ने महोत्सवमा फिल्मसम्बन्धी कार्यशाला, अन्तरक्रिया हुने स्थानीय आयोजक अनाम धरानले जनाएको छ ।
भोजराज श्रेष्ठ, धरान, जेठ १८













प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>