सरकारी कर्मचारीद्वारा अवैध क्लिनिक सञ्चालन
Posted by
purwanews
Published on
Thursday, June 13, 2013
सरकारी कर्मचारीले नै अवैध तरिकाले क्लिनीक सञ्चालन गरेको पाइएको छ । अनुगमन टोलीले उक्त पसल बन्द गराएको छ ।
झापा गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सातौं तहका जनस्वास्थ्य अधिकृत रामवृक्ष चौधरीले झापा र मोरङ्गमा औषधी पसल सञ्चालन गरेको अनुगमनका क्रममा भेटिएको हो । औषधि व्यवस्था विभाग, विराटनगरका प्रमुख गणेश तामाङ्गका अनुसार जुन व्यक्तिले औषधी पसल संचालनको लाइसेन्स लिएका छन् त्यही व्यक्ति पसलमा बस्नु पर्ने प्रावधान
अनुरुप नपाइएकाले कार्यालय समयमा समेत पसल खोलेको पाइएपछी बन्द गराइएको हो ।
विभागद्वारा बुधबार गरिएको अनुगमनको क्रममा दमक–११ रंजिता फार्मेसी नाममा दर्ता भएको रामवृक्ष चौधरीको लाइसेन्स भेटिएको छ भने मोरङ्ग उर्लाबारीमा समेत उनकै लगानीमा रजिंता फार्मेसी नै संचालन गरेको पाइएको छ ।
पंकज शर्मा, झापा, जेष्ठ ३०
प्रतिक्रिया दिनुहोस् >>