धनकुटाको मौना बुदुकमा एक बालिकाले आत्महत्या गरेकी छिन। मौना बुदुक १ स्थित आफ्नै घरको टि भि कोठामा आमाको सलमा पासोलगेर १० बर्षकी सुरुची लिम्बुले आत्महत्या गरेको बताइएको छ।
लिम्बु स्थानिय बिद्यालयमा ४ कछ्या मा पढ्थिन ।
बेलुका खाना ८ बजे खाने समयमा बोलाँउदा नबोलेपछी टि भि कोठामा हेर्न जादा सलमा झुन्डिरहेको अवस्थामा भेटिएको आफन्तहरु बताउछन। उनी दिनेश प्रशाद लिम्बुका दुई सन्तान मध्दे जेठी छोरी हुन। उनको सबलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्छ्यक गणेश बास्तोला ले जानकारी दिए। आत्महत्याको कारण खुल्न सकेको छैन ।
.jpg)