नेल्सन मण्डेला भेन्टिलेटरमा : स्वास्थ्य अवस्था नाजुक
Posted by
purwanews
Published on
Thursday, June 27, 2013
करिब तीन हप्तादेखि अस्पतालको शैय्यामा रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् रङ्गभेदविरोधी आन्दोलनका अग्रणी नेल्सन मण्डेलालाई बुधबारदेखि भेन्टिलेटर (स्वासप्रस्वासमा सजिलो बनाउने यन्त्र) मा राखिएको छ ।
गम्भीर स्वास्थ्य अवस्थामा उपचार भइरहेको नेलशन मण्डेलालाई बुधबार रातिदेखि मेसिनबाट स्वास दिन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको अवस्था दिन प्रतिदिन कमजोर भइरहेको छ ।
नेता मण्डेलका परिवारले बुधबारदेखि नै उनको सहज अन्त्यका लागि प्रार्थना गरिरहेका छन् ।
मण्डेलाको स्वास्थ्य अवस्था सोमबारदेखि थप गम्भीर बन्दै गएपछि उनलाई राखिएको अस्पतालमा परिवारका सदस्यहरुका साथै उनका शुभचिन्तक एवम् सर्वसाधारण नागरिकको ठूलो भीड लागेको छ ।
बुधबार पनि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकुब जुमाले मण्डेलाको स्वास्थ्य अवस्था थप नाजुक भएको सार्वजनिक गरेका छन् ।
विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता मण्डेलाको स्वास्थ्य अवस्था विग्रदै गएपछि प्रिटोरियास्थित उनलाई राखिएको अस्पतालमा मण्डेलाको स्वास्थ्यमा सुधारको कामना गर्दै प्रार्थना पनि भइरहेको छ ।
यसैबीच दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले आजदेखि गर्ने भनेको विदेश भ्रमण पनि स्थगित गरेका छन् । उनी छिमेकी देश मोजाम्बिक जाने कार्यक्रम थियो ।
बुधबार बिहान पूर्व राष्ट्रपति मण्डेलाको स्वास्थ्यको जानकारी लिएपछि जुमाले उक्त भ्रमण हालका लागि स्थगित गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
फोक्सोमा सङ्क्रमण देखिएपछि मण्डेलालाई जुन ८ देखि अस्तालमा भर्ना गरिएको हो ।
९४ वर्षीय मण्डेलाले गतवर्षदेखि फोक्सोको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका छन् ।
उनलाई दक्षिण अफ्रिकाका जनताले राष्ट्रपिताका रुपमा सम्मान गर्दछन् ।
एएफपी

प्रतिक्रिया दिनुहोस् >>