इन्डोर प्लान्ट रोप्दा होस पुर्याउ : विषालु बिरुवा हुन सक्छ !!

घरको सुन्दरता बढाउन तथा हरियालीको अनुभूति दिन ड्रइङ रुम, बाल्कोनी तथा भान्सामा इन्डोर प्लान्ट राख्ने चलन छ। इन्डोर प्लान्टका रूपमा धेरैजसो मनी प्लान्ट, क्रोटन, क्याक्टस, एक्जोरा, बोन्साइ, कोलियस, स्नेक प्लान्ट, अर्केरिया, बोगेनबेलिया, र्फन आदि रोपिन्छ। यी प्लान्टले एकातिर कार्बन डाइअक्साइड ग्यास अवशोषित गर्छन् भने अर्कातिर हानिकारक भोलाटाइल अर्गानिक कम्पाउड (बेन्जिन, टाल्युन, जाइलिन आदि) पनि अवशोषित गर्छन्। कतिपय बिरुवाबाट निस्कने गन्धले दमका बिरामीलाई एलर्जी हुन सक्छ।

विषालु बिरुवा

कतिपय मानिस इन्डोर प्लान्टबाट निस्कने रसायनप्रति संवेदनशील हुन्छन्। त्यसबाट उनीहरूमा एलर्जी, डाबर तथा फोका निस्कन थाल्छ। कुनै बिरुवामा भएको पदार्थले आँखा, नाक आदि पाचन प्रक्रियामा असर पार्छ। त्यसैले यस्ता बिरुवालाई विषालु बिरुवा भनिन्छ।

इन्डोर प्लान्टबाट मात्र होइन गमलाको माटो, पानी तथा त्यसमा हुने मलका कारण नचाहिने र विषालु भोलाटाइल अर्गानिक कम्पाउड लिली, विपिङ फिग तथा एरिका पाम आदि प्लान्टबाट निस्कन्छ। एक अध्ययनअनुसार बिरुवाले त्यस्ता विषालु पदार्थ रातिभन्दा पनि दिउँसो बढी निकाल्छन्।
त्यसैगरी कुनै व्यक्तिका लागि हानिकारक हुने बिरुवा अर्काका लागि हानिरहित हुन सक्छ। यस्तो स्थितिमा आफूलाई कुन बिरुवाबाट एलर्जी हुन्छ तथा कुन बिरुवा आफ्ना लागि हानिकारक छ थाहा पाउनुपर्छ। जुन बिरुवाबाट आफूलाई एलर्जी हुन्छ अथवा दम हुन्छ उक्त बिरुवा तुरुन्तै हटाउनुपर्छ। इन्डोर बिरुवाको रेखदेख घरमा इन्डोर प्लान्ट राखेपछि त्यसको राम्रोसँग हेरचाह गर्नुपर्छ। किनेर ल्याएको बिरुवा उचित रेखदेखको अभावमा मरेर गए पैसा नाश हुनुका साथै त्यसले रोग निम्त्याउन सक्ने सम्भावना हुन्छ। बिरुवा कोठामा राखेर त्यसलाई राम्रोसँग हुर्काउन नसक्दा त्यसमा हालिने पानी कुुहिएर रोग ल्याउने सम्भावना बढ्छ। त्यसैले समय(समयमा गमलाको सफाइ, सडेगलेका पात हटाउने आदि काम गर्नुपर्छ।

गमलाका बिरुवाका पात सुक्न लागेका छन् भने समय(समयमा पानी हाल्नुपर्छ। यसका साथै गमलालाई पर्याप्त घाम लाग्ने ठाउँमा राख्नुपर्छ। पात सुकेर सड्दा घरमा नराम्रो गन्ध आउन सक्छ। यस्तो स्थितिमा जीवाणु फैलने डर हुन्छ। त्यसैले बिरुवाका पात तथा हाँगामा कीरा लागे औषधि छर्कनुपर्छ।

- कहिलेकाहीँ असमयमै बिरुवाका पात र्झन तथा डढ्न थाल्छन्। त्यसको कारण पत्ता लगाउनुपर्छ। कहिलेकाहीँ यस्तो समस्या समाधान गर्न कठिनाइ उत्पन्न हुन सक्छ। यसका लागि वातावरण परिवर्तन, मलको प्रकृति तथा पेस्टिसाइड्सजस्ता कुरामा कुनै जानकारबाट परामर्श लिनुपर्छ।

- कतिपय अवस्थामा बिरुवा विस्तारै बढ्छन् तथा कमजोर हुन्छन्। यसका साथै पात पनि सामान्यभन्दा साना हुन्छन्। यस्तो स्थितिमा गमलालाई फराकिलो ठाउँमा राख्नुपर्छ।
कनै पनि बिरुवालाई हुर्कन तथा बढ्न उचित तापमानको आवश्यकता पर्छ। गमलामा बिरुवा हुर्काउँदा यस विषयमा पनि ध्यान पुर्याउनुपर्छ।

- समय(समयमा गमलाको माटो जाँच गर्नुपर्छ। कुनै गमला फोहोर भएको तथा माटोमा कीरा लागेको वा गन्हाउने भएको छ भने माटो बदल्नुपर्छ।

- कहिलेकाहीँ बिरुवा पहेंलो भएर नष्ट हुन्छ। त्यसको कारण पत्ता लगाउन कठिन हुन्छ। माटोमा चिसोपनको कमी, बढी मात्रामा नुन तथा मलको कमी अथवा विषालु पदार्थ आदि यसका कारण हुन सक्छन्।

- गमलामा मलको मात्रा धेरै छ भने पानी हाल्नुपर्छ। यसले गर्दा यो फिल्टर भएर ड्रेन होलबाट बाहिर निस्कन्छ।

- सधै घाम आउने ठाउँमा बिरुवा राख्नु हुँदैन। बिरुवा रोपेपछि त्यसलाई छायामा राख्नुपर्छ। त्यसपछि विस्तारै प्रकाश पर्ने ठाउँमा राख्नुपर्छ। घरमा प्रकाशको कमी छ भने कृत्रिम घामको व्यवस्था गर्न सकिन्छ।

- धेरैजसो इन्डोर बिरुवालाई दिउँसो ६५ देखि ७५ तथा राति १० देखि १५ डिग्री फरेनहाइट तापमानको आवश्यकता पर्छ।

- बिरुवालाई चिसो आवश्यक हुन्छ। यो चिसो पनि १० देखि १५ प्रतिशत हुनुपर्छ। जाडोमा रुम हिटर अथवा एअर ब्लोअरको प्रयोगले चिसोपनमा कमी आउँछ। यसका लागि कोठामा ह्युमिडिफायर प्रयोग गर्न सकिन्छ। यसका साथै पानीले स्प्रे गर्दा पनि चिसोपन लामो समयसम्म कायम रहन्छ।

- नयाँ बिरुवालाई पर्याप्त घाम चाहिन्छ। त्यसपछि त्यसको मात्रामा कमी हुँदै जान्छ।

- नयाँ गमलालाई क्लोरिन ब्लिच तथा पानीको घोलले स्टरलाइज गरेपछि मात्र बिरुवा रोप्नुपर्छ।

(Rajendra Devkota)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>