प्रहरीलाई निःशुल्क देहसुख
Posted by
purwanews
Published on
Sunday, June 16, 2013
पुरुष हतार–हतार होटलको काउन्टरमा पुग्छ। चाबी बोकेर ऊ कोठातिर लागेपछि पातलो मफलरले मुख छोपेकी केटी पछि लाग्छे। यस्तो दृश्य भेडेटारका होटलहरूमा देखिनु सामान्य हो। भेडेटारका एक स्थानीयवासी भन्छन्, 'अचेल तलतिर गर्मी छ, त्यसैले भेडेटार तनमन शीतल पार्ने उपयुक्त थलो बनेको छ।'
पूर्वका अरू शहरमा गर्मी निकै भए पनि सुनसरी र धनकुटाको सिमाना पर्ने भेडेटार चिसो छ। गर्मी छल्ने बहानामा आफन्तको आँखा छल्नेहरू यहाँ भेटिन्छन्। यही कारण यतिबेला भेडेटारका होटलमा कोठा पाउन मुस्किल पर्छ। धरान, इटहरी, विराटनगर लगायतका शहरबाट आउनेहरू दिउँसो दुईचार घण्टादेखि एकरातसम्म बसेर फर्किने गरेका छन्।
भेडेटारमा आफैँले पार्टनर लिनु परे पनि इटहरीमा भने होटलहरूले नै केटी राखेर ग्राहक आकर्षित गर्ने गरेका छन्। इटहरीको पश्चिम लाइनका अधिकांश र विराटनगर लाइनका केही होटलहरूले कोठीकै रूपमा यौनधन्दा चलाउने गरेका छन्। केही महिनाअघि इटहरीको फ्रेन्डसिप रेस्टुरेन्टमा यौनधन्दा गर्दागर्दै भागेकी एक युवतीले महिला अधिकारकर्मी तथा प्रहरीलाई दिएको जानकारी अनुसार इटहरीका अधिकांश होटलले प्रहरीलाई पैसा वा यौनसेवा उपलब्ध गराएर यौनधन्दा चलाइरहेका छन्। लामो समय बन्धकजस्तै बनेर फ्रेन्डसिपमा यौनधन्दा गरेकी उनले भनिन्, 'ग्राहकले दिएको पैसा हामीले पाउँदैनौँ। प्रहरीहरू आए भने निःशुल्क यौनसुख दिनुपर्छ। कति प्रहरीले त नांगै बनाएर मोबाइलमा भिडियो खिचेर लगेका छन्।'
उनको सूचनापछि फ्रेन्डसिपका सञ्चालकलाई प्रहरीले पक्राउ गर्यो तर इटहरीमा अहिले पनि अधिकांश होटलमा यौनधन्दा चलिरहेको छ। इटहरीमात्र होइन, विराटनगर, धरान, बिर्तामोड, दमकका होटलहरूका कोठा एकै दिनमा पाँच पटकसम्म भाडामा लाग्छन्।
प्रतिक्रिया दिनुहोस् >>
