अनिश्चीतकालिन संखुवासभा बन्द फिर्ता
Posted by
purwanews
Published on
Sunday, June 16, 2013
नेकपा–माओवादी सहितको ६ दलले गरेको आनिश्चीतकालिन संखुवासभा जिल्ला बन्द फिर्ता भएको छ । आज एक विज्ञप्तीमा 'बन्दले जनजिवन कष्टकर हुँदै गएको' भन्दै १३ सघ संस्थाहरुले बन्द फिर्ताको लागि गरेको अनुरोध र आन्दोलनको ऐक्यवद्धतालाई ध्यानमा राखि बन्द स्थगन गरिएको
जनाइएको छ ।
जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य र खाँदबारी अस्पतालको समस्या समाधानका लागि भएको सर्वपक्षिय बैठकले गरेको निर्णय पुर्णरुपमा कार्यन्वयन नभए सम्म धर्ना र कर्मचारी निशेधको कार्यक्रम भने निरन्त रहने जिज्ञप्तीमा जनाएको छ । साथै खाँदबारी नगरपालीका, कृषि विकास कार्यालय, सडक डिभिजन कार्यालयको बजेट कार्यक्रम सार्वजनिक गर्न समेत माग गरिएको छ ।
अनिश्चितकालिन फिर्ताका लागि १३ गैरसरकारी संस्था महासंघ महासंघ, मानवअधिकारवादी संस्था, संघठन, क्लबहरुले माग गरेका थिए । आज विज्ञप्ती मार्फत जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल खाँदवारी भित्र देखिएको समस्यालाई लिएर गरिएको बन्दले जनजीवन कस्टकर भएको भन्दै बन्द फिर्ताको माग गरिएको थियो ।
जिल्लाका सम्पुर्ण राजनैति दल र जिल्ला प्रशासन कार्यलय विच जेष्ठ १७ गते भएको सर्वपक्षिय सहमति भएको सहमति कार्यान्यन नभएका कारण उत्पन्न परिस्थितिले जिल्लावासिको जनजीवन अति कष्टकर हुनको साथै दैनिक जीवन निर्वाहाका सम्पुर्ण पक्षमा अति नकरात्मक असर परि रहेको विज्ञप्तीमा उल्लेख गरिएको थियो । जिल्ला वासीहरुको जीवन यति कष्टकर हुँदा पनि जिल्ला प्रशासन कार्यालय लगायत जिम्मेवार पक्षले आन्दोलनरत पक्ष संग कुनै किसिमको वार्ता गरी समस्या समधानकोलागि उदासिन भएको जनाईएको छ ।
आन्दोलनरत पक्षले पनि आन्दोलनको केन्द्र विन्दु जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालमा मात्र केन्द्रित गर्न पर्नेमा आम हड्ताल आहन गरी सम्पुर्ण जिल्ला वासीको जीवन यापनलाई कष्टकर बनाएको विज्ञप्तीमा भनिएको छ ।
अनिश्चितकालिन जिल्ला वन्दको कार्याक्रम फिर्ता गर्नकालागि पहल भै रहेको यस अवस्थालाई सहयोग गर्न विभिन्न राजैतिक दल, सरकारी निकाय, गैर सरकारी संस्था, कर्मचारी, पत्रकार, वुद्धिजिवि, उद्योगी व्यापारी, नागरीक समाज लगायत जिल्ला वासीहरुमा सकरात्मक सहयोगको माग गरिएको छ ।
बन्दका कारण धरानबाट खाँदबारी आउने र जाने बस र खाँदबारीबाट नुम, बाह्रबिसे, चैनपुर, तुम्लिङटार, चेवा छुट्ने ट्याक्सी पुर्ण रुपमा ठप्प भएको छ । यातयात नचल्दा सदरमुकाम आउने सेवाग्राहीले कष्ट खेप्नु परेको छ । उता शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी संस्था, बजार पसल पुर्णरुपमा बन्द रहेका थिए ।
- अनिस बिष्ट /खाद्बारी

प्रतिक्रिया दिनुहोस् >>