पाँच लाख खवासहरु जनगणनामा १८ हजार मात्र

जनगणकलाई गलत तथ्यांक टिपाउँदा जनगणनाको नतिजामा खवासहरुको संख्या घटेको खवास समाज परिषद्ले दावी गरेको छ । देशभरमा पाँच लाख भन्दा बढी खवासहरुको बसोबास रहेपनि जनगणनाले १८ हजार ५१३ मात्र देखाएको भन्दै सही तथ्यांक टिपाउन जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ ।
भोलीदेखि सुनसरीको इटहरीमा हुन लागेको परिषद्को चौथो महाधिवेशनको तयारीको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पुर्वाञ्चलमा मात्रै तीन लाख खवासहरुको बसोबास रहेकोमा जनगणकलाई चौधरी, मण्डललगायतका जाती भनी टिपाउने गरेकोले संख्या कम देखिएको केन्द्रिय सचीव लेखराज खवासले बताए ।
नेपालको झापा, मोरंग, सुनसरी, सप्तरी, बारा, पर्सा, धनुषा, उदयपुर, सिन्धुली, चितवन लगायतका स्थानमा बाक्लो बसोबास रहेको खवासहरुको जटाजाटिन, सामाचकेवा, हरलता, झुम्रा लगायतका नाचहरु साँस्कृतिक नाचभित्र पर्छन् ।
महाधिवेशनले स्वायत्त प्रदेश, आदिवासी जनजातीमा सुचिकरण, ग्रामस्थलको व्यवस्थापन, संघीयता सहितको संविधानको माग गर्ने जनाइएको छ । परिषद्ले मोरंगको हरैँचा क्षेत्रलाई खवासहरको स्वायत्त राज्य बनाइनुपर्ने माग गरेको छ । महाधिवेशनमा १५० जना प्रतिनिधि पर्यवेक्षकको उपस्थिती रहने जनाइएको छ ।
सुनसरी, जेठ ३०


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>