राजनीतिक अस्थिरता, पाकिस्थान र नेपाल
Posted by
purwanews
Published on
Tuesday, June 11, 2013
पाकिस्तानी राजनीतिज्ञमा चाहे भारत वा अमेरिकाको सन्दर्भमा होस्, बाह्य शक्तिको पपेट प्रवृत्ति देखिएको छैन । त्यहाँ राष्ट्र र राष्ट्रियताप्रति आस्था र विश्वास देखिन्छ । भारतको अमृतसर र पाकिस्तानको लाहोरको सीमामा रहेको बाघा बोर्डरमा पाकिस्तानी सेनाद्धारा प्रदर्शित राष्ट्रवाद होस् वा पत्रकार र विश्लेषकका कलममा, राष्ट्र र राष्ट्रियताप्रतिको सम्मान प्रस्ट देखिन्छ । सम्भवतः ब्रिटिस उपनिवेशवादबाट शासित भएर र भारतले पूर्वी पाकिस्तानलाई बंगलादेशका रूपमा रूपान्तरण गर्न सहयोग गरेर हो, राष्ट्रियताको मुद्दामा लगभग पाकिस्तानभित्र समान दृष्टिकोण देखिन्छ ।
तालिवानी आतंकवाद, आत्मघाती आक्रमण र बम विस्फोट लगायतका निरन्तरका नियमित त्रासदीका बाबजुद पनि डरलाग्दो पाकिस्तानमा २८ बैसाखमा तुलनात्मक दृष्टिकोणमा सफल निर्वाचन भयो । निर्वाचनको एक साता अघिसम्म व्यापारिक केन्द्र कराँचीमा तालिवान र उनीहरुद्धारा समर्थित समूहद्धारा राजनीतिक दलका कार्यालयमा लगातार बम विस्फोट गराउने, आगो लगाउने जस्ता कार्य भएर सहर पुरै परित्यक्त हुँदा पनि घोषित समयमा निर्वाचन सकियो ।
नेपालमा संविधानसभाको दोस्रो निर्वाचनका लागि खिलराज रेग्मी नेतृत्वको सरकार बन्दै गर्दा पाकिस्तानमा पनि पूर्वन्यायाधीशको नेतृत्वका निर्वाचन प्रयोजनको केयरटेकरु सरकार बनेको थियो । तालिवान, इस्लामिक उग्रवाद र सैन्य त्रासकै बिचमा पाकिस्तानमा हेर्दाहेर्दा नयाँ निर्वाचित सरकारको वातावरण बन्दैछ । तर नेपालमा भने कहिले हुने वा नहुने टुंगो
छैन । बरु रेग्मी सरकार ठीक विपरीत विवादास्पद नियुक्ति र मालिकको इमानदार नोकर का रूपमा प्रतिगमनको यात्राउन्मुख भएको देखिँदैछ ।
भारतीयलाई पूर्ण निषेध गरिएको र विश्वका अन्य देशबाट आमन्त्रण गरिएका पर्यवेक्षकको दृष्टिकोणमा समेत सफल ठानिएको निर्वाचनमा अपेक्षित परिणाम
आयो । अर्थात निर्वाचन अघिसम्म सत्तारुढ पाकिस्तान पिपुल्स पार्टी भ्रष्टाचारका कारण दोश्रो हुने, नवाज सरिफको पाकिस्तान मुस्लिम लिग (नवाज) प्रथम हुने र पुर्ब क्रिकेटर इमरान खानको तेहरिक(इ) इन्साफ तेश्रो हुने अनुमान गरिएको थियो, निर्वाचनले त्यस्तै देखायो । यद्यपि मुस्लिम लिग (नवाज) र पिपुल्स पार्टीबिच सत्तारुढ र विपक्षीका रूपमा जनमत अन्तर अनपेक्षित बढी देखियो, जो अनुमान विपरित भयो । स्वतन्त्र उम्मेदवारको पक्षमा पनि जनमत प्रश्स्त देखियो, जसले सत्तामाथि स्वाभाविक दाबी गर्नेछ ।
मुस्लिम लिगले निर्वाचन जितेपछि सरिफले अबको दुई महिनाभित्र स्वतन्त्र सदस्यलाई लिएर सरकार निर्माण गर्नेछन् भने असिफ अली जर्दारी अब ३४३ सदस्यीय पाकिस्तानी नेसन्स एसेम्बीमा विपक्षी नेताका रूपमा रहनेछन् । क्रिकेटर खान पनि बिपक्षी दलको भुमिकामा हुनेछन् । जर्दारी सत्ताच्युत भई ठुलो अन्तरका साथ बिपक्षीमा सीमित भएकाले पहिला भन्दा प्रभावहीन भूमिकामा देखिनेछन् । राजनीतिक अस्थिरता, भ्रष्टाचार, नैतिकहीन र बाह्य प्रभावबाट निर्देशित राष्ट्रमा राजनीतिक दलरनेताप्रतिका जनमतले नाटकीय परिणाम दिन्छ । नेपालमा संविधानसभाको पहिलो तर असफल निर्वाचनमा पनि त्यस्तै भयो( माओवादीले अनपेक्षित मत पायो । सन् २००८ को निर्वाचनमा पाकिस्तानमा पिपुल्स पार्टी पाएजस्तै ।
यो फरक हो कि माओवादी ठूलो पार्टी भएको संविधानसभाले संविधान नबनाई उनै माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा विघटन गरियो । तर पाकिस्तानमा भने पिपुल्स पार्टीले पूर्ण कार्यकाल सरकार र संसद सञ्चालन गर्यो । सरकारप्रति जनता सन्तुष्ट नभएपछि निर्वाचनमार्फत दलीय स्थान निर्धारित भयो । अपेक्षा गरौं, संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली जनताले पनि दलहरुलाई उनीहरुका क्षमताका आधारमा स्थान दिनेछन् र ती आधार भने राष्ट्रियता, प्रजातन्त्र, भ्रष्टाचारजस्ता मुद्दा हुनेछन् ।
विगतमा दुईपटक पाकिस्तानका प्रधानमन्त्री भइसकेका र अब तेस्रोपटक प्रधानमन्त्री बन्दै गरेका सरिफले अप्ठ्यारो घरेलु राजनीतिको सामना गर्नु छँदैछ । सेना, अदालत र दलहरु बीचको सम्बन्धलाई तोकिएका अधिकारमा सीमित राखी पाकिस्तानी निर्वाचित प्रजातन्त्रको रक्षा उनको मुख्य चुनौती हुनेछ भने आतंकवाद, भ्रष्टाचार नियन्त्रणमा उनको परीक्षण
गरिनेछ । सरिफले निर्वाचित भएलगत्तै यिनै घरेलु अप्ठ्यारालाई सम्बोधन गर्ने संकेत दिएका छन् भने उनले बाह्य सम्बन्धलाई पनि त्यतिकै प्राथमिकतामा राखेका छन् । जस्तो( सरिफले निर्वाचन भएको पर्सिपल्ट ३० बैसाखमा दुई वाहृय प्राथमिकता सार्वजनिक गरे( भारत र अमेरिकासँग सम्पर्क कायम गरे र सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता राखे ।
दक्षिण, मध्यम र पश्चिम एसियाको क्रसरोड को रणनीतिक महत्त्व वोकेको पाकिस्तानका लागि भूराजनीतिक सम्बन्ध र त्यसप्रतिको दृष्टिकोण महत्त्वपूर्ण हुन्छ नै । त्यसरी हेर्दा निर्वाचनले घरेलु र बाह्य दुबै प्रवृत्तिगत आयाम खिचेको छ । पहिला, निर्वाचन परिणामका घरेलु संकेत हेरौ ।
पहिलो, प्रजातान्त्रिक सन्देश ।
आतंकवाद, त्यसमा तालिवानले ध्वस्त पारेको सार्वजनिक पहिचान बनाएको पाकिस्तानमा केही घटनाबाहेक तुलनात्मक दृष्टिकोणमा निर्वाचन सफल भयो । इतिहासमै पहिलोपल्ट पाँचवर्षे पूर्ण कार्यकाल पुरा गरेर प्रजातन्त्र कार्यमूलक रहेको सन्देश दिइरहेका बेला यो निर्वाचनले विश्वलाई प्रभावकारी प्रजातन्त्र रहेको प्रभावकारी सन्देश दियो ।
दोस्रो, डाइनेष्टी राजनीति र त्यसबाट सिर्जित भ्रष्टाचार विरुद्धको मत ।
सन् १९७२ देखि ७७ सम्म नागरिक सत्ता सञ्चालन गरेका जुल्पिकर अली भुट्टोबाट सुरु भएको भुट्टो डाइनेष्टीमाथि सन् २०१३ मा आएर फुलस्टप लागेको देखिँदैछ् । विश्लेषकहरुको बुझाइमा जुल्पिकर र बेनजिर भुट्टोप्रतिको विश्वास पाकिस्तानमा विद्यमान रहे पनि त्यसका नेतृत्वकर्ता मिष्टर १० प्रतिशतु उपनामका जर्दारी र अनुभवहीन छोरा बिलावलका कारण मत पक्षमा प्रभावित हुनसकेन । निर्वाचनका क्रममा बिलावललाई सुरक्षाका कारण प्रचार प्रसारमा रोक लगाइएको थियो भने कराँचीस्थित घरमा समेत उनलाई कडा सुरक्षा घेरामा राखियो ।
झट्ट हेर्दा सरिफले पनि पन्जाव प्रान्तमा डाइनेष्टी सत्ता सञ्चालन गरेको देखिए पनि भुट्टोजस्तै उत्तराधिकारी तय गरेको देखिँदैन । नवाजका भाइ पन्जाव प्रान्तका मुख्यमन्त्री भइसकेका छन् भने अब पनि त्यत्तिकै महत्त्वपूर्ण पदमा जानेछन् ।
तेस्रो, उदारता विरुद्धको जनमत ।
पाकिस्तानी समाज अन्तर्राष्ट्रिय राजनीतिक अर्डरअनुसार उदार हुँदै जानुपर्नेमा थप अनुदार बन्दै गरेको संकेत पाइन्छ । पाकिस्तानको दुर्भाग्य ठानौं या वाध्यता उदारवादी ठानिएका राजनीतिक शक्तिसमेत इस्लामिक उग्रवाद र अतिवादलाई अस्विकार गर्नसक्ने अवस्थामा छैनन् भने कुनै खालको घरेलु शक्तिको समर्थन नलिई निर्वाचनमा सफलता प्राप्त गर्न सकिँदैन भन्ने देखिन्छ । सरिफलाई रक्तपातविहीन ुकूु गरी तत्कालीन सैनिक जनरल पर्भेज मुसर्रफले सत्ता लिएपछि झन्डै निस्त्रिmय रहेका उनी फेरि सरकार प्रमुखका रूपमा पाकिस्तानी राजनीतिमा फर्केका छन् । तर उनीमाथि अनुदारवादी भएको आरोप लागेको छ । त्यस्तै निर्वाचनमा सेकुलर पार्टीहरु
पराजित भएका छन् ।
त्यस्तै सम्भावित राजनीतिक नायकका रूपमा देखिएका क्रिकेटर खान पनि थप ुकन्जरभेटिभु रहेको विश्लेषण देखिन्छ । निर्वाचन क्रममा खान र उनको पार्टीलाई तालिवानले कतै पनि अवरोध नगरी समर्थन गरेको र उनको केही सेनाका जनरलसँग समेत असल सम्बन्ध रहेको सार्वजनिक भएको थियो । युवाहरुबीच प्रभावशाली रहे पनि राजनीतिक भिजन र अन्य पार्टीभन्दा फरक एजेन्डा केही नभएको राजनीतिज्ञका रूपमा उनलाई इस्लामावादमा हेरिन्छ । तर खानले बाह्य सम्बन्ध एउटा साहसिक खतरा भने मोले । त्यो हो( अमेरिकी ड्रोन आक्रमणको विरोध । एबोट्टावादमा तालिवानी नेता ओसामा बिन लादेनको हत्यादेखि अफगानिस्तानसँग सीमा जोडिएका पाकिस्तानी क्षेत्रमा भएका अमेरिकी आक्रमण र नागरिक क्षतिबारे अन्य नेताभन्दा खान अघि देखिएका थिए ।
पन्जाव, सिन्ध, बलुचिस्तान र खाइवर पख्तुन चार प्रान्त र चार फेडरल टेरिटोरिज रहेको पाकिस्तानको बाह्य छवि जति खस्कँदो छ, आन्तरिक विकास त्यही तहको खराब भने छैन । त्यसैले आन्तरिक सन्देश र चुनौतीको सामना गर्न राजनीतिक नेतृत्व इमानदार रहेमा सम्भव रहेको विश्लेषण त्यहाँ देखिन्छ । सैन्यशासन, राजनीतिक अस्थिरता, द्वन्द्, भ्रष्टाचार, गरिबी आदिको विशेषता बोकेको पाकिस्तान हरेक राजनीतिज्ञका लागि चुनौती हुन् । तर आवधिक निर्वाचनका कारण त्यस्ता चुनौतीको समाधान संसदीय पद्धति र परिधिबाहिर नभई भित्रैबाट खोज्नुपर्ने जनमतको दबाब देखिन्छ ।
तर निर्वाचन क्रममा व्यक्त जनमत, पाकिस्तानी नागरिक र दल बीचको सम्बन्ध आदिलाई हेर्दा नेपाल र पाकिस्तानका नागरिकमा समानता पाइन्छ । दुबै राष्ट्रवादप्रति संवेदनशील छन् । दुबै देशका नेता हेर्दा भने राष्ट्रियताका सवालमा पाकिस्तानी नेता इमानदार देखिन्छन् ।
पाकिस्तानका केही नेता अमेरिकी लोयल मानिए पनि नेपालका मुख्य चार दलका प्रमुख नेता भारतद्धारा निर्देशित भएजस्ता छैनन् । निर्वाचन सरकारका अध्यक्ष रेग्मी र सर्वोच्च संवैधानिक संस्था राष्ट्रपतिसमेत भारतीय दबाबका कार्यान्वयनकर्तामा घटुवा भएको अवस्था नेपालको छ ।
पाकिस्तानी राजनीतिज्ञमा चाहे भारत वा अमेरिकाको सन्दर्भमा होस्, बाह्य शक्तिको पपेट प्रवृत्ति देखिएको छैन । त्यहाँ राष्ट्र र राष्ट्रियताप्रति आस्था र विश्वास देखिन्छ । भारतको अमृतसर र पाकिस्तानको लाहोरको सीमामा रहेको बाघा बोर्डरमा पाकिस्तानी सेनाद्धारा प्रदर्शित राष्ट्रवाद होस् वा पत्रकार र विश्लेषकका कलममा, राष्ट्र र राष्ट्रियताप्रतिको सम्मान प्रस्ट देखिन्छ । सम्भवतः ब्रिटिस उपनिवेशवादबाट शासित भएर र भारतले पूर्वी पाकिस्तानलाई बंगलादेशका रूपमा रूपान्तरण गर्न सहयोग गरेर हो, राष्ट्रियताको मुद्दामा लगभग पाकिस्तानभित्र समान दृष्टिकोण देखिन्छ ।
तर पाकिस्तानले विदेश नीति सन्दर्भमा एउटा खतरा मोलेको देखिन्छ । त्यो हो चिनियाँ पक्षधरता । ट्विन टावरदेखि मुम्बई आक्रमणसम्ममा पाकिस्तान संलग्नता देखिएका कारण अमेरिका र भारतको संयुक्त दबाब पाकिस्तानमाथि परिरहेको बेला इस्लामावादले बेइजिङसँग रणनीतिक सम्बन्ध कायम गर्यो । यतिबेला पाकिस्तानमा आणविक भण्डार निर्माण गर्न होस् वा सडकरबन्दरगाह निर्माण, सबैमा चीन प्रवेश गरिसकेको छ । खासमा पाकिस्तानले उसको भारतसँगको सम्बन्धमा चीनलाई ब्ल्याकचेक नै दिएको छ । चिनियाँ कार्डमै सीमित भए त ठिकै हो, अन्यथा क्षेत्रीय तनाव सिर्जना हुनसक्ने देखिन्छ । सरिफले यो विश्व दृष्टिकोणलाई प्राथमिकतामा राखी विदेश सम्बन्ध अघि बढाएमा स्थायी प्रजातन्त्र स्थापित हुनसक्छ ।
-गोपाल खनाल
प्रतिक्रिया दिनुहोस् >>
