मिल्क होलिडे हुन नदिने डिडिसीको दाबी


किसानले यस वर्ष उत्पादन गरेको दूध खेर जान नदिने दुग्ध विकास संस्थान (डिडिसी)ले दाबी गरेको छ । संस्थानले आफ्ना प्लान्टको क्षमता वृद्धि गर्ने र निजी क्षेत्रबाट सञ्चालित पाउडर प्लान्ट पूर्ण क्षमतामा सञ्चालनको तयारी गरिरहेकाले किसानको दूध खेर जान नदिने प्रतिबद्धता जनाएको हो ।

‘हामी किसानबाट उत्पादित दूध खेर जान नदिने प्रयासमा लागेका छौँ, त्यसका लागि विराटनगरको प्लान्ट क्षमता वृद्धि र चितवनमा अवस्थित पाउडर दूध प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्ने सोचाइ छ,’ शनिबार राजधानीमा कृषि पत्रकार सञ्जालद्वारा आयोजित कार्यक्रममा डिडिसीका महाप्रबन्धक सियारामप्रसाद सिंहले भने ।
 संस्थानको विराटनगरस्थित प्लान्टले हाल दैनिक ४० हजार लिटर दूध प्रशोधन गर्दै आएकोमा क्षमता बढाएर ८० हजार पुर्‍याउन लागेको उनले जानकारी दिए । त्यस्तै, चितवन कोईले चितवनमा राखेको पाउडर प्लान्टको दैनिक उत्पादन क्षमता दुई लाख लिटर भए पनि भारतबाट आउने सस्तो दरको पाउडर दूधसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै उद्योगले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

 महाप्रबन्धक सिंहले पाउडर प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके पाउडर दूध उत्पादनमा छलाङ मार्न सकिने भएकाले संस्थानले सञ्चालनका लागि सहयोग गर्न लागेको बताए ।
‘चितवनको पाउडर दूध प्लान्ट सञ्चालनका लागि सहयोग गर्ने विषयमा संस्थान बोर्ड बैठकले निर्णय लिइसकेको छ, अब
 सरकारसँग छलफल गरी अगाडि बढ्छौँ,’ उनले भने । हाल संस्थानले दैनिक २ लाख ५० हजार लिटर दूध संकलन गर्दै आएको छ । संस्थान र निजी क्षेत्रका व्यवसायीले किसानबाट दूध संकलन गर्दै आएका छन् ।
 कार्यक्रममा महाप्रबन्धक सिंहले पोखरामा डिडिसी कारोबार पुर्‍याउने विषयमा अझै प्रयास भइरहेको बताए । ‘पोखरामा डिडिसी पुग्नुपर्छ भनी स्थानीय उपभोक्ताले चाहना देखाएका छन्, हामी पनि अझै प्रयासमा छौँ,’ उनले भने ।
 दुई महिनाअघि पोखरामा डिडिसीले कारोबार सुरु गर्ने बताएपछि स्थानीय व्यवसायीले विरोध गरेका थिए । त्यसपछि सरकारले डिडिसीलाई तत्काल पोखरामा कारोबार फैलाउने निर्णय स्थगन गर्न निर्देशन दिएको थियो ।
‘पोखरामा डिडिसी जाने निर्णय स्थगन मात्र हो, रद्द भएको छैन । त्यसैले पोखरामा सक्दो प्रयास गरिरहेका छौँ,’ उनले भने । कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष बाबुराम अधिकारीले निजी डेरीको उक्साहटमा डिडिसीलाई पोखरा जान नदिनु गलत
 भएको बताए ।
by-Rajendra devkota

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>