साउदी जेलमा पन्ध्र नेपालीलाइ यातना, दुताबास मौन, सरकार बेखबर
Posted by
purwanews
Published on
Tuesday, June 11, 2013
बैदेसिक रोजगारीमा साउदी अरब गएका पन्ध्र नेपालीलाइ साहुदी प्रहरीले पक्राउ गरि जेलमा चरम यातना दिएर राखेको छ । विभिन्न मेनपावर कम्पनी मार्फत गएका पन्ध्र नेपालीलाइ साहुदी प्रहरीले पक्राउ गरि अबुअद्रियाको जुबेलडु सेन्टर जेलमा राखेर यातना दिएको फोन सम्पर्क गरि झापाका सरद तिम्सिनाले बताएका छन् ।
विभिन्न नेपाली मेनपावर कम्पनीवाट आर्कषक तलव पाउने सम्झौता गरि गएका झापाका सरद तिम्सीना, मोरङ बयरबनका लिलम भुजेल, सोलुखुम्बुका मेखबहादुर खतानी, दोलखाका भक्त खतिवडा, पोखराका दिपक विक लगायतका पन्ध्र नेपालीले समझौता अनुसारको तलव कम्पनीले नदिएपछि कम्पनी छाडेर अन्यत्रै काम थालेका थिए । साउदीमा विना अनुमति काम गर्न विदेसिले नपाउने नियमअनुसार उनीहरुलाइ साहुदी प्रहरीले पक्राउ गरि चार महिना अगाडि देखि अबुअद्रियाको जुबेलडु सेन्टर जेलमा राखेर यातना दिएको तिम्सिनाले बताएका छन् ।
"हामीलाइ कम्पनीले सम्झौता अनुसारको तलव सुविधा नदिएपछि हामी बाध्य भएर कम्पनी छाडेर अन्यत्रै काम गर्दै थियौ " उनले भने त्यहि अबस्थामा म लगायत १५ नेपालीलाइ साहुदी प्रहरीले पक्राउ गरि जेलमा राखेको छ । साउदीमा गैह कानुनी काम गर्ने विदेसिलाइ एक महिना सम्म कार्वाहि गरि स्वदेस फिर्ता पठाउनु पर्ने साउदीको नियम रहेपनि चारमहिना देखि आफुहरलइ यातना दिएर जेलमा राखेको तिम्सिनाले बताए ।" हामीले कम्पनी छाडेर अन्यत्र काम गर्नु गल्ती भयो तर हामीलाइ साउदी प्रहरीले दिनहु जेलमा यातना दिएर राखेको छ " तिीम्सनाले रुदै भने, "हामीलाइ नेपाल सरकारले सकुसल घर फर्कादियोस ।"
पटक पटक साउदीमा बस्ने नेपालीहरुको सहयोगमा साउदी स्थित नेपाली दुतावासमा उद्धारका लागि अनुरोध गर्दा समेत दुतावासले पहल नगरेको अर्का पिडित मोरङका लिलम भुजेलले गुणसो गरे । उनले उक्त जेलमा साउदीका नागरिकलाई भेटन आएका एक व्यक्तिसंग अनुरोध गरेर घटना वारे जानकारी गराएका थिए । जेलमा राखिएका नेपालीलाइ खाना खान नदिने, जुठो खाना दिने कुटपिट गरी यातना दिने गरेको लिलमले बताए । उनले तत्काल नेपाल सरकारले पहल गरी आफु संगै पक्राउ परेका पन्ध्र नेपालीहरुलाई उद्धार गरी नेपाल पक्राउन समेत आग्रह गरेका छन् ।
यातना पाउने १५ मध्ये १२ जना कैदीहरुको नामावली यस प्रकार छ।
-सरद तिम्सिना, झापा -लीलाम भुजेल ,मोरङ -मेख बहादुर घतानी,सोलुखुम्बु -डोमा मन्डल,धनुसा -सुरेश मन्डल,सप्तरी -राजाराम यादव,सप्तरी -भक्त खतोवडा,दोलखा -दिपक बि क,कास्की -बिमल गुरुङ,कास्की -भिम्सेन थापा ,बनेपा -अधिकारी महतो, धनुषा -रमेश गुरुङ, सुन्सरी

प्रतिक्रिया दिनुहोस् >>