बलिउड अभिनेत्री जिया खान मृत फेला
Posted by
purwanews
Published on
Tuesday, June 4, 2013
बलिउड अभिनेत्री जिया खान मृत अवस्थामा फेला परेकी छिन् । आफ्नै घरको पंखामा सलको पासो लगाएर झुण्डेको अवस्थामा फेला परेकी खानको मृत्युले बलिउडमा हलचल पैदा भएको छ ।
पंखामा सलको पासो लगाएर मृत अवस्थामा फेला परेकी जियाको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ । उनी केही समय यता मानसिक तनावमा रहेको खुलेको छ ।
अमेरिकामा जन्मेर बेलायतमा हुर्केकी २५ वर्षिया जिया पछिल्लो समय भारतकी चलेकी अभिनेत्रीमा दरिन थालेकी कलाकार हुन् ।
पछिल्लो पटक उनलाई दर्शकले हाउसफूलमा हेरेका थिए। सन् २०१० मा रिलिज भएको यो सिनेमा नै उनको अन्तिम सिनेमा बन्यो। बलिउडमा जिया खानको नामले परिचित भए पनि सन् २०१२ देखि उनले आफ्नो वास्तविक नाम निफ्सा खान लेख्न थालेकी थिइन्।
प्रतिक्रिया दिनुहोस् >>