दुर्घटनामा चार जनाको मृत्यु

ओखलढुङ्गामा आइतबार बिहान एक यात्रुबाहक बस दुर्घटना पर्दा चार जनाको मृत्यु भएको छ। पाँच जना गम्भीरसहित दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खोटाङको हलेसीबाट ओखलढुङ्गाको हर्कपुरतर्फ आउँदै गरेको बा२ख ९४५५ नम्बरको यात्रुबाहक बस ओखलढुङ्गाको थाक्ले-८ सोक्माटारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गा टोक्सेलका दुई वर्षीय बालक समर्थन माझी, थाक्ले ८ का ३३ वर्षीय ललितकुमार राई, बरुणेश्वर २ का २५ वर्षीय फडिन्द्रहरि दाहाल र एक जना नाम नखुलेको पुरुष्ढा रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।
बिहान ११ बजे दुर्घटनामा परेको गाडीमा सवार ४० यात्रुमध्ये लगभग दुई दर्जन घाइते भएका थिए। जसमध्ये आठजना गम्भीर रहेकामा चार जनाको धरानस्थित बीपी मेमोरिएल स्वास्थय विज्ञान प्रतिष्ठानमा र चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको प्रजिअ खत्रीले बताए। बाँकी घाइतेहरु स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्केको जनाइएको छ।
केही दिनअघिको वर्षाका कारण सडक चिप्लो भएकाले अनियन्त्रित भएर पल्टेको बस सडकबाट डेढसय मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। दुर्घटनाको उद्धारका लागि स्थानीय प्रहरी चौकी र सशस्त्रको टोली मध्यान्ह नै घट्नास्थल पुगेर परिचालन गरिएको खत्रीले बताए। घट्नास्थल सदरमुकाम ओखलढुङ्गादेखि ४६ किलोमिटर दक्षिण पश्चिममा पर्छ।
उदयपुर, jestha 19


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>