बर्दीधारी भारतीय प्रहरी नेपालमा पक्राउ

इनरुवा आइपुगेका तीन जना भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । भारतीय प्रहरीको पोशाकमा भेटिएका उनीहरुलाई जिल्ला सदरमुकाम इनरुवा बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।
पक्राउ पर्नेमा हरेन्द्र सिंह, धनेश्वर यादव र कविरञ्जन राय रहेको जनाइएको छ । उनीहरु बिहार राज्य अन्तर्गत खगोरिया जिल्लाका गंगोरमा कार्यरत भारतीय प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इनरुवा ९ स्थित एक युवतीलाई लिन युवतीका मामासहित आएका ती प्रहरीलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरी प्रहरी पोशाकमा नेपाल प्रहरीलाई सुचना नै नदिइ इनरुवा आएपछि पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख गणेश थापाले बताए । पक्राउ परेकाहरुलाई विराटनगरस्थित भारतीय दुतावासको कार्यालयमा बुझाइएको थापाले बताए ।

सुनसरी, असार १३


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>