इटहरीलाई सफा, हराभरा र सुन्दर बनाउने तयारी : काम अझै बाँकी (फोटोफिचरसहित)
शुक्रबार विहान इटहरी चौकमा सानोतिनो मेला नै लाग्यो । तर मेला किन्ने बेच्नेको नभएर सरसफाइ गर्नेको । इटहरी चौकलाई सफा राख्नुपर्छ भन्दै इटहरीवासीहरु सडकमा ओर्लेर सरसफाइमा जुटे । के व्यापारी, के ग्राहक, के उद्योगी, के मजदुर, बालकदेखि वृद्धवृद्धासम्मले कुचो हातमा लिएर सडक बढारे अनि फोहोर टिपे ।
इटहरीलाई सफा, हराभरा र सुन्दर नगरी बनाउनको लागि इटहरीवासी एकजुट भएका छन् । शुक्रबार उनीहरुले संयुक्त रुपमा नगरसफाइ गर्दै इटहरीलाई सफा, हरीत नगरीको रुपमा चिनाउन प्रतिबद्धता जनाएका हुन् ।
इटहरी नगरपालिका, उद्योग वाणिज्य संघ लगायत विभिन्न व्यवशायीक तथा सामाजिक संस्था, विद्यालयको संयुक्त प्रयासमा विगत केही समयदेखि इटहरी चौकको सफाइमा अभियान नै थालिएको छ । किप इटहरी क्लिन नारा लिएर सरसफाइ गतिविधि समेत सञ्चालन गरिएको छ । इटहरी चौकमा धुपीका बिरुवासहितको गमला राख्ने, डस्टबिन राख्ने तथा सचेतनाको लागि विभिन्न कार्यक्रम गरीएको छ । सो क्रममा शुक्रबार बालबालिकादेखि वृद्धसम्मले सडक सफाइ गरेका छन् ।
प्लाष्टिक झोला मुक्त नगरीका रुपमा परिचय स्थापित गरिसकेको इटहरी सफा, स्वच्छ नगरीका रुपमा समेत परिचय स्थापित गर्ने तयारीमा छ ।
बेलाबेलामा सरसफाइ गर्ने र डस्टबिन राख्ने गरिएपनि इटहरी चौकको पूर्ण रुपमा सरसफाइ भने गरिएको देखिँदैन । डस्टबिनहरु खाली रहँदा सडक छेउमा फोहोर थुपारिएको देखिन्थ्यो । सरसफाइमा संलग्न नगरवासीहरुले पनि थुपारिएको फोहोरलाई तत्काल उठाउनेतर्फ चासो दिएको देखिँदैनथ्यो ।फोहोर जहीँतहीँ थुपार्दा समस्या उत्पन्न भएको छ । मानिसको आनीबानीमा सुधार ल्याउने र प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
सुनसरी, जेठ ३१
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
.jpg)
.jpg)
