बन्दका कारण जनजीवन प्रभावित । विराटनगरमा कलेज बस फोडियो

नेकपा माओवादी लगायतका ३३ दलले आह्वान गरेको नेपाल बन्दका कारण आज पुर्वाअञ्चलको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानै देखी यातायातका साधन,बजार,बिद्ध्यालय,कल-कारखाना सबै ठप्प छन। यातायात नचलेका कारण सर्बसाधारण हिंडेर गन्तब्ब्यमा पुग्न वाध्य छन।
बन्दको अवज्ञा गरेको भन्दै विराटनगरमा कलेज बस तोडफोड भएको छ । बन्दका क्रममा पिपुल्स मल्टीपल हेल्थ इन्स्च्युट विराटनगरको गाडी तोडफोड गरिएको हो ।बन्द कर्ताले सबका चालक समेत कुटपिट गरेका छन् । यसैबीच बन्दकर्ता कारण देशभरसहित पूर्वको जनजीवन प्रभावित भएको छ ।
निर्वाचनको विरोध गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वमा लामो तथा छोटो दूरीका यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।विहानै स्कूल तथा कलेज पुगेका विद्यार्थी बन्दका कारण घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>