अवैध मललाई आफ्नो बनाएर बेच्ने उद्योगमा सिल
Posted by
purwanews
Published on
Saturday, June 22, 2013
भारतबाट तयारी मल ल्याएर उद्योगले आफ्नो ब्रान्डको नाम दिएर बजारमा बिक्री गर्ने गरेको सुराक प्राप्त भएपछि संयुक्त टोलीले उद्योगका कागजपत्र नियन्त्रणमा लिई अनुसन्धान गर्न उद्योग सिल गरेको जनाएको छ ।
'उक्त उद्योगले भारतीय मलको अवैध आयात गरी उद्योगभित्र आफ्नो ब्रान्डको बोरामा प्याक गर्ने र सीधै भारतीय मल बिक्री गर्ने गरेको सुराकी पटकपटक आएकाले अनुसन्धानका लागि उद्योग सिल गरेका हौं,' पश्चिमाञ्चल राजस्व अनुसन्धान इकाइ प्रमुख धर्मेन्द्र मिश्रले भने, ' अनुसन्धान जारी छ ।'
रासायनिक मल उत्पादन गर्ने भनी डेढ दशकअघि स्थापना गरिएको उद्योगले आफ्नो उत्पादित ब्रान्ड 'सगरमाथा' देखाएको छ । मिश्रका अनुसार, उद्योगमा भारतीय युरिया तयारी मल २ सय ७७ बोरा, पोटास १ सय ६२ बोरा, नेपालका लागि आधिकारिक मल आयातकर्ताबाट लिएको ४ हजार १ सय ३९ बोरा र आफ्नो सगरमाथा ब्रान्डको २ सय बोरा मल बरामद भएको थियो ।
उद्योगमा कार्यरत कर्मचारी भारतीय नागरिक बाबा सिंहले ३ वर्षदेखि उद्योग बन्द रहेको बताए । बन्द उद्योगमा २ दर्जनभन्दा धेरै कामदार कार्यरत रहनु र भारतीय तयारी मल उद्योगभित्र फेला पर्नु रहस्यमय मानिएको छ । सीमावर्ती भारतीय बजारबाट साइकल क्यारियर -भाडामा ओसार्ने व्यक्ति) को परिचालन गरी भारतीय रासायनिक मल भित्राई नेपाली बोरामा प्याक गरी अवैध कारोबार गर्दै आएको दाबी स्रोतले गरेको छ ।
उद्योगका सञ्चालक भैरहवा गल्लामण्डीका नारायण बरई र सञ्जय जयसवाल देखिएका छन् । भैरहवाका अन्य व्यवसायीको त्यसमा अप्रत्यक्ष लगानी रहेको दाबी स्रोतको छ । जयसवालको मोबाइल स्विच अफ छ । बरईले उद्योगमा आफ्नो लगानी रहे पनि ३ वर्षदेखि जयसवालले हेर्ने गरेको प्रहरीसमक्ष बताए ।
-माधव ढुंगानाप्रतिक्रिया दिनुहोस् >>