सिरियलका नायिकाहरु यौनधन्दामा

Two TV serial actresses held by Pune police in high-profile sex racketभारतीय टेलिभिजन च्यानलहरुमा अभिनय गर्ने केही नायिकाहरु यौन व्यवशायमा संलग्न रहेको खुलासा भएको छ ।
भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा उनीहरुले यौन व्यवशाय गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ ।
छापा मार्ने क्रममा प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ  ।
उनीहरूले सासू बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । पक्राउ पर्ने नायिकाहरु साथिया, ससुराल सिमरका, हरहर महादेव नामक टेलिफिल्ममा अभिनय गर्ने छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्तियाज खान पनि परेकी छन् ।
भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए ।
प्रहरी आफै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दुई घण्टाको १ लाख सम्म लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो । भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।
२०७० असार ८


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>