आधा करोडको मेसिन उपयोगविहिन
Posted by
purwanews
Published on
Wednesday, May 15, 2013
भद्रपुरको मेची अंचल अस्पताल व्यवस्थापन पक्षको लापरवाहीका कारण आधा करोड बढी मुल्यका आइसियू उपकरण थन्किएका छन् ।
दुई वर्षअघि नेपाल सरकारले अस्पतालको स्तरवृद्धि अन्तर्गत चार बेड क्षमताको आइ.सि.यू (क्ष्।ऋ।ग्) उपकरण जडान गर्न पुर्वाधारसहित पठाएको भएपनि अहिलेसम्म प्रयोगमा ल्याइएको छैन । व्यवस्थापन पक्षले गोदाममा राख्दा ५८ लाख बराबरको मेसिन बिग्रिइसकेको छ ।
अस्पतालका निमित मेडिकल सुपरिटेण्डन डा. टंक प्रसाद बाराकोटीले भने डाक्टर नभएकोले प्रयोगमा नल्याएको बताए । एनस्थेसियाकोे डाक्टर उपलब्ध नभएको कारण सञ्चालन गर्न नसकेको बताएका हुन् ।
तर अस्पतालमा सेवा लिन आउने बिरामीहरुले भने मेची अञ्चल अस्पताल प्रशासनले निजी अस्पतालमा कमिशनमा लागेर सरकारी उपकरण बेवारिसे पारेको आरोप लगाएका छन् ।
पंकज शर्मा, झापा, १ जेठ
प्रतिक्रिया दिनुहोस् >>