चुरेभावरका निष्काशित अध्यक्षले धम्की दिएको आरोप / पद र पैसाको दुरुपयोग गरेकोले हटाइयो: चुरेभावर



एक हप्ता अघि आफ्नै पार्टी चुरेभावर राष्ट्रिय लोकतान्त्रिक पार्टीबाट निकालिएका अध्यक्ष भुमीराज निरौलाले फोनमार्फत् धम्की दिएको पार्टीले जनाएको छ ।
राजनैतिक आवरणमा ठगी तथा अपराधमा संलग्न रहेको भन्दै गत वैशाख २३ गते निकालिएका निरौलाले पार्टीका जिम्मेवार नेताहरुलाई धम्की दिने गरेको पार्टीले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
नियमविपरीत पार्टीलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको, लेटर प्याड दुरुपयोग गरेको, आर्थिक हिनामिना गरेको , आफुखुशी पार्टी स्थाई कमिटी भंग गर्ने, पार्टीको न्युनतम मर्यादा समेत कायम नगरी आफुखुसी पार्टीका समितिहरुमा आफ्नो अनुकुलमा पद बाँड्दै हिडेको, सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी नागरिकता संकलन गरेर दुरुपयोग गरेकोलगायतका दर्जन उजुरीका आधारमा पार्टीको केन्द्रीय पदाधिकारीहरुको बहुमतको निर्णयले हटाइएका निरौलाले धम्की र दुष्प्रचार दिँदै हिडेकोले सचेत रहन समेत विज्ञप्तीमा आग्रह गरीएको छ ।
जिम्मेवार नेता कार्यकर्तालाई अज्ञातस्थलबाट विभिन्न धाकधम्की दिँदै आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक त्रास देखाउने कार्यलाई निरन्तरता दिएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएकोछ ।
पार्टीको विरुद्धमा कपोलकल्पित तथा भ्रामक सूचना सम्प्रेषण गर्नेतर्फ समेत सकृय रहेको भन्दै पार्टीका कार्यबाहक अध्यक्ष रामचन्द्र बहाला श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञाप्तीमा भ्रममा नपर्न समेत आग्रह गरेको उल्लेख छ ।
निरौलाले नेकपा–माओवादीका केन्द्रीय स्तरका नेताको विरुद्धमा पार्टी नीति विपरीत गैर राजनीतिक अभिव्यक्ति सार्वजनिक गरेको र लगत्तै नेकपा–माओवादीले विज्ञप्ती जारी गरी सो को प्रतिवाद गरेको जनाइएको छ ।
काठमाडौं, जेठ १

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>