यौनबारे केही कुरा


महिला वा पुरुष परिपक्व भएपछि प्राकृतिक  रुपले यौनप्रति आकर्षित भई यौन चाहना राख्नु स्वभाविक प्रकृया हो । जसलाई बुझ्ने र व्यवहारमा लागू गर्ने धारणा फरक–फरक हुन सक्छ । यस्तो विषयलाई हाम्रो समाजले ढिलो भएपनि विस्तारै ग्रहण गर्दैछ । यौनलाई राम्रो नराम्रो भन्ने कुरा व्यक्ति अनुसार उसको आवश्यकताले रुची राख्दछ । यौन सन्तुष्टि पुरा गर्न महिला वा पुरुषले जानी–नजानी विभिन्न प्रक्रियाहरु अपनाउँछन् । सेक्समा स्त्री र पुरुषको दोहोरो सहयोग भए मात्र सफल दाम्पत्यको मधुर स्तम्भ तयार हुन्छ ।
सामान्यतयाः १४ देखि ४५ वर्षसम्मका व्यक्तिले यौनबारे जिज्ञासा वा इच्छा राख्छन् । यौनइच्छा शान्त पार्न ८० प्रतिशत पुरुष र ३० प्रतिशत महिलाले हस्तमैथुनको सहायता लिन्छन् ।
मोबाइलको प्रचलन अत्याधिक बढेपछि ब्लु फिल्म (यौजन्य फिल्म) हेर्ने क्रम बढेको छ । महिलाहरु आफ्नै मोबाइलमा नराखेपनि पुरुष मित्रको मोबाइलमा भएपनि त्यस्ता फिल्म र भिडियो हेर्ने गर्छन् । तर यस्तो फिल्ममा देखाइने कतिपय क्रियाकलाप, आसन र पुष्ट यौन अंग देखेर कतिपयले भने हिनताबोध समेत महसुस गर्छन् ।
किशोरावस्थामा प्रवेश गरेका बालबालिकाहरु विपरीत लिङ्गी साथीप्रति आकर्षित हुन्छन् । सहानुभुति दिने र नजिकिनेसँग अझ नजिकिन्छन् र एक्लोपन हटाउन एकले अर्कालाई यौन सहकर्मीको व्यवहार गर्छन् ।
वैदेशिक रोजगारीमा गएका श्रीमान् वा श्रीमतीहरु एक अर्काको अनुपस्थितीमा यौन सन्तुष्टि पुरा गर्न यौनलाई व्यवसाय भन्दा पनि सन्तुष्टि मेट्नको लागि प्रयोग गर्छन् ।
केही वृद्धि व्यक्तिहरुलाई आफुभन्दा आधा उमेरका केटीहरु वा महिला मन पर्दछ । उनीहरुलाई आकर्षित गर्ने प्रयास गर्दछन् । केही भने यौनवद्र्धक औषधी खुवाएर यौन इच्छा वृद्धि गर्न सकिन्छ कि भनेर औषधी पसल समेत धाउने गर्छन् ।
यौन भनेको ठुलो विषय होइन, दिनरात यसकै बारेमा सोच्नु गलत हो । यौन बारे मनमा विभिन्न खालका कुराह कुण्ठित पार्नु, पशु करणी र बलात्कार जस्तो घृणित कार्य गर्न नकारात्मक सोच्न एलोपन सहयोगी हुन्छ । यसका लागि जमघट भएको ठाउँ वा व्यस्त रहने प्रयास गर्नु पर्दछ ।
पंकज शर्मा

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>