एमाले सुनसरीमा पुनः रेवती (अपडेटसहित)


नेकपा एमाले सुनसरीको छैठौं अधिवेशनबाट अध्यक्षमा रेवतिरमण भण्डारी पुनः निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । त्यस्तै उपाध्यक्षमा द्वारिकालाल चौधरी निर्विरोध निर्वाचित बने । उनी अघिल्लो कार्यकालका सचिव हुन् ।
सचिव र उपसचिवका पदका लागि दुइ–दुइ जनाबिच भएको प्रतिष्पर्धाबाट सचिवमा मोतिराज सुनुवार र उपसचिवमा नन्दकुमार बस्नेत निर्वाचित बनेका छन् । मोतिराजले प्रतिद्वन्दी मुरारी सुवेदीलाई पराजित गरे भने नन्दकुमारले प्रतिद्वन्दी निलम खनाललाई पराजित गर्दै निर्वाचित बने । मुरारी र निलम केपी ओली निकट मानिन्छन् भने मोतीराज र नन्दकुमार झलनाथ निकटस्थ हुन् ।
क्षेत्र नम्बर ४ बाट सातजनाले, महिलाको १५ सदस्य पदका लागि २३ जनाले, दलितबाट तीन पदका लागि ८ जनाले प्रतिस्पर्धा गरेका छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट प्रकाश राई, पदम इस्बो, खम्बासिह गुरुङ, २ नं क्षेत्रबाट शंकर लाल चौधरी, नारायण काफ्ले, लोक नाथ भट्टराई, क्षेत्र नम्बर ३ बाट जिवछकुमार राई, भद्रनारायण चौधरी,  र राम निरौला, क्षेत्र नंं ६ बाट प्रदीप काफ्ले, पोषराज भट्टराई, श्यामनारायण राजधामी, क्षेत्र नम्बर ५ बाट महफुज अन्सारी, ब्रम्हदेव यादव, कृष्ण मटिया सर्वसम्मत निर्वाचित बने ।
यसैगरी, नगरतर्फ धरानबाट जयकुमार राई, प्रदीप भण्डारी, इटहरीबाट प्रेम बस्नेत, उमाकान्त शर्मा र इनरुवाबाट कृष्ण पोखरेल, गोपी ढकाल निर्विरोध निर्वाचित भए । मजदुरबाट भीमज्वाला राई, अमला श्रेष्ठ, हरि राई, मुस्लिमबाट अ‍ैयव हुसेन, आलम अन्सारी निर्विरोध भइसकेका छन् ।
भोजराज श्रेष्ठ,धरान, ६ जेठ

कार्यकर्ता प्रवेशको लहर 
एमालेका पुराना नेताहरु केही दिनअघि एमाओवादीमा पार्टी प्रवेश गरेको केही दिन बित्न नपाउँदै एमालेमा पनि त्यही लहर देखा परेको छ । केन्द्रीय नेताहरु उपस्थित हुने बित्तिकै विभिन्न पार्टीका कार्यकर्ताहरु टिका लगाउनकै लागि पार्टी प्रवेश गर्ने लहर एमाले पनि देखिएको हो ।
शनिबारै पार्टी प्रवेशको कार्यक्रम भनिए तापनि मौसम प्रतिकुलका कारण आइतबारमात्रै पार्टी प्रवेशको कार्यक्रम पुरा भएको छ । पार्टीमा करिब ११ सय ४७ जना यूवाहरु एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्ने कार्यकर्ताहरुलाई नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अविर लगाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्नेहरु एमाओवादी, नेपाली काग्रेस, संघीय समाजवादीका छन् ।
पुराना नेता सम्मानित
एमालेमा कार्यरत पुराना नेता तथा कार्यकर्ताहरु सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा योगदान दिएका सात व्यक्ति र चार वटा सस्था सम्मानितको लिष्टमा परे ।
व्यक्तितर्फ विष्णु प्रसाद पराजुली, मटुकलाल सदा, दुखीलाल चौधरी र यमलाल थापा मगरलाई मरणोपरान्त सम्मान गरिएको छ । साथै, अग्रज वामपन्थि पत्रकार राजकुमार कार्की, विशिष्ठ प्रतिभा डा सुवास पोखरेल, संस्थातर्फ दिब्यज्योति महिला वचत तथा रिण सहकारी सस्था, दुग्ध उत्पादक सहकारी सस्था इटहरी, चतरा बहुउद्धेश्यीय सहकारी सस्था र सेहरा पुल निर्माण समितिलाई पनि सम्मानको भागिदार बनाइयो । उनीहरुलाई महासचिव इश्वर पोखरेलले सम्मान पत्र हस्तान्तरण गरे ।

अधिवेशनमा प्रस्तुत प्रस्तावहरु यस्ता थिए :
एमाले सुनसरी जिल्ला 
छैटौँ अधिवेशन
जेष्ठ ४ र ५ ,२०७०
प्रस्तुत प्रस्तावहरु
१) किमाथान्का  जोगवनी नाका जोड्ने धरान बिराटनगर सडक खण्डमा बड्दो सवारी साधनको चापले आगमनमा असुबिधा हुनगएकोले अबिलम्ब ६ लेनको सडक बिस्तार गर्न सरकारसंग जोडदार माग गर्दछ ।
२) सुनसरी जिल्ला र यसका आसपासमा रहेका कोशी टप्पु, बराहक्षेत्र, रामधुनी,ताल तलैया, बिर्जु ताल, भेडेटार, बिजयपुर, राजारानी, ध्याजे डाडां नाम्जे लगाएतका पर्यटकिय स्थलहरुको बिकासका लागी गुरु योजना  तर्जुमा गरी  यस क्षेत्रलाई पर्यटन केन्द्रका रुपमा बिकास गर्न सरकारसंग जोडदार माग गर्दछौं ।
३. धरान र यसका आसपासका जनताहरुको आवागमन समेतलाई मध्यनजर गरी धरान हवाई मैदान निर्माण गर्न धरानबासीहरुले पटक पटक उठाउदै आएको माग प्रति ऐक्यबद्धता जनाउदै अविलम्ब हवाइ मैदान निर्माणका लागि जोडदार माग गर्दछौं ।
४. नेपाल उत्पीडित जातीय मुक्ति समाजले २०७० देखि २०८० सम्मको समयावधिलाई दलित अधिकार दशकको लागि सुरु गरेको अभियानमा ऐक्यबद्धता जनाउदै सो घोषणा सरकारबाट घोषणा र कार्यान्वयनका लागिजोडदार माग गर्दछौ ।
५. दिन प्रतिदिन बढ्दै गएको हत्या, हिंसा, अपहरण, बलात्कारका घटना नियन्त्रण गरी दण्डहीनताको अन्त्य गरी शान्तिसुरक्षा बहाल गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
६. एनेकपा माओवादीले बदनियतपूर्वक लोकमानसिंह कार्कीजस्ता लोकतन्त्र विरोधी भ्रष्ट व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने कार्यको भत्र्सना गर्दै उक्त नियुक्तिका खारेजीको माग गर्दछ ।
७. दुहबी गा.वि.स.लाई नगरोन्मुख घोषणा गर्ने क्रममा स्थानीय वासीसग परामर्श नगरी मनोमानी ढङ्गले दुहबी भलुवा नगरपालिका भनी गरेको निर्णय स्थानीय जनताको भावना विपरीत भएकाले स्थानीय जनताको भावना र चाहनालाई बुझी सोही अनरुप निर्णय सच्याउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।
८. असारभित्र संविधान सभाको दोस्रो निर्वाचन गराउने भनी गठन भएको खिलराज सरकारले निर्वाचन मितिसमेत घोषणा गर्न नसकेको प्रति दुख व्यक्त गर्दछ । साथै अविलम्ब निर्वाचन मिति घोषणा  गर्न जोडदार माग गर्दछ ।
९. किसानहरुलाई आवश्यक मल, बिउबिजन एवम् कृषि सामग्रीमा पचास प्रतिशत सरकारी अनुदानको व्यवस्था गरी उचित समयमा उपलब्ध गराउन जोडदार माग गर्दछ ।
१०. वास्तविक नेपाली नागरिकले नागरिकता पाउने अधिकारबाट वञ्चित हुनु नपरोस् साथै गैर नेपालीले नागरिकता लिने अवस्था सृजना नहोस् भन्ने कुराप्रति सम्पूर्ण पार्टी परिवार र आम जनता सचेत रहन अनुरोध गर्दछौँ ।
११. निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन अभियानमा सरिक हुन सम्पूर्ण जिल्लावासीहरुमा आह्वान गर्दछ साथै उक्त अभियानलाई हरतरहले सहयोग गर्न सम्पूर्ण पार्टी परिवारलाई अनुरोध गर्दछ ।
१२. युवा स्वरोजगार कोश आम युवाहरुको हितमा परिचालन नभई नेकपा माओवादी परिचालन कोशका रुपमा रुपान्तरित भएको  छ । उक्त कार्यको घोर भत्र्सना गर्दै युवा स्वरोजगार कोशको सही सदुपयोग गर्न सरकारसँग जोडदार माग गर्दछ ।
१३. प्रत्येक दिन युवाहरु विदेसिने क्रम बढिरहेको कुरालाई मध्यनजर गरी स्वदेशमै रोजगारीको सृजना गरी युवाश्रम र शक्तिको सही सदुपयोग गर्न सरकारसँग जोडदार माग गर्दछ ।
१४. लामो समयदेखि जनप्रतिनिधि विहीन अवस्थामा रहेको स्थानीय निकायको अविलम्ब निर्वाचन गरी सुशासन कायम गर्न जोडदार माग गर्दछौँ ।
१५.आगामी दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने मूल उद्देश्यका साथ केन्द्रीय कमिटीद्वारा सञ्चालित एकमहिने अभियानमा सरिक हुन सम्पूर्ण पार्टी परिवारलाई आह्वान गर्दै उक्त अभियानलाई सुनसरी जिल्लामा पूर्ण रुपले सफल गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
१६. छैटौँ जिल्ला अधिवेशन सफल पार्न सहयोग गर्नुहुने कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टी अध्यक्ष क. झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, केन्द्रीय सदस्य सुभाषचन्द्र नेम्वाङ, केन्द्रीय सदस्य राजेन्द्र गौतम, केन्द्रीय सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य जयन्ती राई लगायत सम्पूर्ण पार्टी नेता एवम् निर्वाचन आयोग, माइन्युट कमिटि, बहस नोट कमिटी, प्रतिनिधि, पर्यवेक्षक, स्वयम् सेवक लगायत सम्पूर्ण कमरेडहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
उद्घाटन समारोहमा इनरुवाबाट आउादै गरेका समयमा इटहरीमा पार्टीका कार्यकर्ताहरुलाई जेठ ४ गते ट्राफिक प्रहरीको ज्यादतीको घोर भत्सर्ना गरेको छ ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>