वार्षिक छ हजार लिटर भीरमह उत्पादन
Posted by
purwanews
Published on
Tuesday, May 21, 2013
घरमा नै पालिने मौरीले कति मह दिन्छ भनेर यकिन गर्न समस्या परिरहेका बेला गोरखामा भने भीरमहको यकिन तथ्याङ्क निकालिएको छ। यहाँको उहिया गाविसस्थित दुङ्गला भिरमा बर्सेनि दुई हजार लिटर, सिर्दीवासको न्याक भिरमा एकहजार ५०० लिटर, बिहीमा एक हजार लिटर, लापु भिरमा एकहजार ५०० लिटर गरी छ हजार लिटर मह यस क्षेत्रमा बर्सेनि सङ्कलन हुने गरेको स्थानीय लक्ष्मण गुरुङले जानकारी दिए । तल्ला क्षेत्रमा र अन्य क्षेत्रको उत्पादन जोड्दा अझै धेरै हुने उनको भनाइ छ।
यहाँको भिरबाट सङ्कलन गरिएका मह विदेशमा निर्यात हुने गरेको छ। भिर मौरीको मह निकाल्नका लागि गाउँमा रहेका तालिम प्राप्त मानिस आवश्यक सामग्रीसहित जाने गर्दछन्। भिर मौरीको मह अन्य मौरीको जस्तै गरी कात्तिक र जेठ महिनमा निकाल्ने गरिन्छ । यस क्षेत्रमा भिरमहको प्रयोग गरेर चुमभ्याली र फाइरवल वाइन नामको रक्सीसमेत निर्माण गर्न थालिएको छ । यहाँ उत्पादन भएको वाइन अमेरिका, सिङ्गापुर, जर्मनी, अस्ट्रेलियालगायतका देशमा बिक्री हुने गर्दछ ।
महबाट वाइन निर्माण गर्दा लागत बढी परे पनि वाइनको मूल्य पनि बढी हुने गरेको छ। महबाट वाइन निर्माण गर्दा कुनै पनि रसायन र मिसावट आवश्यक नपर्ने भएकाले यसको मूल्य बढी पर्न उद्योग सञ्चालकको भनाइ छ। उहिया गाविसस्थित खोर्लावेसीमा चुमभ्याली वाइन प्रालिले वाइन उद्योग र होटलसमेत सञ्चालनमा ल्याएर स्थानीयले रोजगारसमेत दिएको छ। यहाँ उत्पादन भएका खुर्पानी, आरुवखडा, नायो, चिउरी, नास्पति, स्याउ, अमला, काफललगायतका फलपूmल तथा जडीबुटीलाई वाइन उत्पादनको निम्ति प्रयोगमा ल्याइने गरेको छ। by- rajendra devkota
प्रतिक्रिया दिनुहोस् >>
