अन्तरजातिय विवाह गर्ने जोडि धम्कीका कारण विस्थापित



जातीय विभेदलाई सामाजिक अपराधकै रुपमा नेपालको कानुनले मानेपनि समाजमा जातिय विभेद गर्नेको कमी छैन । विभेदकै कारण अन्तरजातिय विवाह गर्ने जोडिहरु समाजबाट विस्थापित हुन बाध्य छन् । अन्तरजातीय विवाह कै कारण हत्या सम्मको धम्कि पाएपछि झापा जिल्लाका एक जोडि यतिवेला पत्रकार र मानवाधिकारकर्मीको शरण परेका छन् ।
तीन वर्ष देखिको प्रेम सम्वन्धलाई विवाहमा रुपान्तरण गरेका झापा जिल्लाको कोहवरा २ का हुकुम नेपाली र कोहबरा १ की अनुषा अधिकारी सुरक्षाको माग गर्दै अधिकारकर्मीहरुको शरणमा आएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरि अनुषाको परिवारबाट मार्ने धम्की आएको भन्दै ज्यान जोगाइदिन अनुरोध गरेका हुन् ।
गत वैशाख २२ गते झापाको बिर्तामोडमा अधिकारकर्मीहरुको रोहबरमा विवाह गरेका उनीहरु अनुषाको परिवारको धम्कीकै कारण झापाबाट विस्थापित भएका छन् । अनुषाका कान्छा काका बेणु अधिकारीले आपराधिक समुह परिचालन गरी निरन्तर धम्काउन थालेपछि उनीहरु घर फर्किने वातावरण नबनेको गुनासो गर्छन् । आफ्नो बारेमा सुचना दिनेलाई ५० हजार इनाम नै घोषणा गरेर काका वेणुले गुण्डा परिचालन गरेको बताउँदै घर फर्किन नसकिने अवस्था बनेको गुनासो गर्छन् ।
दुवै जनाले राजनीखुशी विवाह गरेको बताएपनि अनुषाको परिवारले भने जवरजस्ती अपहरण गरेको भनि हल्ला फिजाएको उनीहरुले बताएका छन् । आफुहरु दुवैले राजीखुशीमा विवाह गरेको अनुषाले बताइन् ।
अन्तरजातिय विवाहमा प्रहरी प्रशासनले समेत पर्याप्त सहयोग नगर्ने गरेको अनुभव राष्ट्रिय दलित अयोगकी सदस्य अनिता परियारले बताइन् । राज्यले जातिय विवेदलाई दण्डनीय मानेपनि अझै यसको कार्यान्वयन भने कमजोर अवस्था रहेको उनले बताइन् ।
२१ वर्षकी अनुषा स्नातक दोस्रो वर्ष अध्ययनरत छिन् भने २८ वर्षका हुकमले दुई वटा विषयमा डिग्री सकेर यातायात व्यवसाय सञ्चालन गर्दै आएका छन् । भन्छन्, ‘मेरा दुई वटा गाडीहरु ससुराली अगाडीकै बाटोबाट गुड्छन् तर आफै हिड्न भने डरमर्दो भएको छ ।’
पूर्वन्युज डेस्क, सुनसरी, जेठ १

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>