पाकिस्तानमा नवाज शरीफको पुनरागमन
Posted by
purwanews
Published on
Wednesday, May 15, 2013
पन्जाब
प्रान्तको एक सामान्य
परिवारमा २५ डिसेम्बर
१९४९ मा जन्मिएका
मियां नवाज
शरीफ दुईपटक पाकिस्थानको
प्रधानमन्त्री भइसकेका छन् ।
कानुनमा डिग्री गरेका शरीफको
जीवन निकै उतार-चढावले भरिएको छ
। उनलाई पन्जाबमा
‘लायन अफ पन्जाब’
नामले पनि चिनिन्छ
।
सन्
१९७६ मा प्रधानमन्त्री
जुल्फिकर अली भुट्टोले
शरीफ परिवारको स्टीलको
कारबारलाई राष्ट्रीयकरण गरेपछि नवाज शरीफले
पाकिस्तान मुस्लिम लिगको सदस्यता
लिएका हुन् ।
पन्जाबका
गभर्नर मुलाम जिलानी खानले
१९८१ मा उनलाई
वित्तमन्त्री र १९८५
मा मुख्यमन्त्री बनाएका
थिए । तर,
राष्ट्रपति जनरल जिया
उल हकले शहरीको
सरकारलाई ३ वर्षमै
खारेज गरिदिए ।
राष्ट्रपति हकको विमान
दुर्घटनामा मृत्यु भएपछि शरीफको
पार्टी पाकिस्तान मुस्लिम लिग
फिदा र जुनेजो
समूहमा विभाजित भयो ।
दुबै समूहले १९८९
मा बेनजिर भुट्टोको
पाकिस्तान पीलुल्स पार्टीसँग भिड्न
सात धार्मिक र
रुढिवादी पार्टीसँग मिलेर गठवन्धन
बनाए । गुलाम
मुस्तफा जटोई र
नवाफ शरीफको नेतृत्वमा
रहेको यो गठवन्धनले
बहुमत ल्यायो र
नवाफ नेशनल एसेम्ब्लीमा
जानुको सट्टा पन्जावको मुख्यमन्त्री
बने । उनी
१९९० मा देशको
१२ औं प्रधानमन्त्री
बने । तर,
सेनाको बढ्दो दवदबाका कारण
१९९३ अवि्रलमा राजीनामा
दिए । जुन
सरकारलाई सर्वोच्च अदालतले पुनर्वहाली
गरेको थियो ।
सन्
१९९७ मा आम
चुनावमा शरीफको पार्टीले फेरि
सानदार जित हात
पार्यो र
नवाज शरीफ फेरि
प्रधानमन्त्री भए ।
संवैधानिक सुधारको प्रयास गरेपछि
उनीप्रति सेना र
न्यायालय रुष्ट भए र
तत्कालीन सेना अध्यक्ष
जनरल परवेज मुशर्रफले
१२ अक्टोवर १९९९
मा उनको सरकारमाथि
सैन्य कू गरे
। उनीमाथि श्रीलंकाबाट
आउँदै गरेका मुशर्रफको
विमान अपहरण गरेको
र आतंकवाद फैलाएको
आरोप लाग्यो र
यही आरोपमा उनी
पक्राउ परे ।
सरकारसँग एक सम्झौता
भएपछि उनी परिवारका
४० सदस्य सहित
साउदी अरब निर्वासित
भए । २००७
मा उनी स्वेदश
फर्किए र २००८
को चुनावमा भाग
लिए । उनको
पार्टीको राम्रो अवस्था रहे
पनि पूर्वप्रधानमन्त्री वेनजीर
भुट्टोको हत्याको सहानुभूतिका कारण
पाकिस्तान पीपुल्स पार्टीले धेरै
सिट जित्यो र
सरकार चलाउने मौका
पाएको थियो ।
हालै
पाकिस्तानमा सम्पन्न संसदीय
निर्वाचनमा सरिफको
दल अग्रस्थानमा देखिएको
छ । मत
परिणामले
सरिफ तेस्रो पटक
प्रधानमन्त्री बन्ने लगभग निश्चित
भएको छ । सुस्तरी आइरहेको मत गणना परिणामअनुसार सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएलएन) १ सय १५ स्थानमा अग्रपंक्तिमा रहेको जनाइएको छ । २ सय ७२ सिटका लागि निर्वाचनमा सरिफले उठेका दुवै स्थानबाट जितेका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले टि्वटरबाट उनलाई बधाई दिइसकेका छन् । पूर्व क्रिकेट खेलाडी इम्रान खानको पार्टी तेहरिक ए इन्साफ प्रमुख प्रतिपक्ष बन्ने सम्भावना देखिएको छ । सत्तारूढ पाकिस्तान पिपुल्स पार्टी भने केही स्थानमा अगाडि छ । नेता सरिफले सरकार निर्माणका लागि पार्टीभित्र र बाहिर छलफल थालिसकेको बताइएको छ । उनको पार्टीलाई एकलौटी सरकार चलाउन मिल्ने गरी बहुमत भने प्राप्त हुने छैन । उनले प्रमुख प्रतिपक्षी बाहेकका साना दलसँग मिलेर सरकार बनाउने सम्भावना छ । सरिफ सन् १९९० नोभेम्बरदेखि १९९३ जुलाईसम्म र १९९७ फेबु्रअरीदेखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । सन् १९९९ मा तत्कालीन सैनिक शासक परभेज मुसर्रफले उनलाई सैनिक कुबाट हटाएका थिए । कु गरी हटाउने मुसर्रफ भने हाल जेल जीवन बिताइरहेका छन् । यस निर्वाचनबाट पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलोपटक प्रजातान्त्रिक तरिकाले निर्वाचित सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी अर्को प्रजातान्त्रिक तरिकाले निर्वाचत सरकारलाई सत्ता हस्तान्तरण गर्ने अवस्था सिर्जना गरेको छ ।
प्रतिक्रिया दिनुहोस् >>
