एन्जेलिनाले आफ्नो स्तन काटेर फ्यालिन्


चर्चित अभिनेत्री एन्जेलिना जोलीले आफ्ना दुवै स्तन काटेर फ्याँकेकी छिन् । म्यास्टेक्टोमी प्रक्रियापछि आफूले दुवै स्तन गुमाएको रहस्य जोलीले खुलाएपछि विश्वभर हलचल मच्चेको छ । धेरैले जोलीको घोषणाको स्वागत गरेका छन् । यसलाई क्यान्सरसम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण कदम भन्दै जोलीको स्वागत गरेका हुन् ।
स्तन र डिम्ब क्यान्सरबाट मुक्त हुन जोगाउन म्यास्टेक्टोमी गरिएको ३७ वर्षिया एन्जेलिनाले मंगलबार न्युयोर्क टाइम्सको विशेष लेखमा लेखेकी छन् । आफूलाई क्यान्सर लागेको खुलासा गर्ने चर्चित थोरै व्यक्तिहरुमध्ये उनी पनि एक हुन् ।
'अनुवांशिक रुपमा खतरामा रहेकी महिलाले क्यान्सरबाट बच्न आफ्ना दुवै स्तन फ्याँक्न हिम्मत देखाउन सक्नुपर्छ,' जोलीले आग्रह समेत गरेकी छन् । उनको यसखाले हौसलालाई स्तन क्यान्सरका अभियन्ताहरुले स्वागत गरेका छन् ।
एन्जेलिनाले आफ्नो आमा क्यान्सरबाटै ५६ वर्षको उमेरमा बितेको र त्यस्तै अनुवांशिक खतराबाट बच्न आफूले म्यास्टेक्टोमी गरेको खुलाएकी छन् । उनको स्तन प्रतिस्थापनको शल्यक्रिया पनि सुरु भइसकेको छ।

उनले क्लालिफोर्नियाको बेभर्ली हिल्सको पिंक लोटस ब्रेस्ट सेन्टरमा उपचार गराएकी हुन् । अभिनेता ब्राड पिटबाट तीन र एडप्ट गरिएका तीन गरी उनका ६ जना बालबच्चा छन् । उनले आफ्नो साथ दिएकोमा पती ब्राडलाई समेत धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>