मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना


पोखराबाट जोमसोमको लागि उडेको नेपाल एयरलाइन्सको नाइन एन एविओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्।  गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् । घटनाबारे जानकारी लिन पोखरा विमानस्थल पुगेका पत्रकारलाई विमानस्थल छिर्न दिइएको छैन। विमानमा ८ जापानीसहित नेपाली यात्रु थिए। बिहान सवा ८ बजे दुर्घटना भएको हो। नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले घटनाको पुष्टि गरेका छन् । चन्दका अनुसार जहाज जोमसोम विमानस्थतलमा अवतरण गर्नै लाग्दा दुर्घटना भएको थियो।

यो निगमको दोस्रो फ्लाइट हो। दर्घटनामा कोही हताहती नभएको प्रवक्ता चन्दले जानकारी दिएका छन्  जहाजलाई क्याप्टेन डी। प्रधान र को-पाइलट सुरेश केसीले उडाएका थिए । एयरहोस्टेज एसएम तामाङ थिइन् ।
जहाजमा १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानिज र १० जना नेपाली रहेको प्रवक्ता चन्दले बताएका छन् । उनले भने,'जहाजमा कुनै गडबडी आएको छैन। आगलागी पनि भएको छैन। गम्भीर घाइते भएका ५ जनालाई पोखराबाट गएको तारा एयरको जहाजबाट पोखरा ल्याइँदै छ ।'


ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ । पहिलो चरणमा तारा एयरबाट घाइते ८ जनालाई उद्धार गरी पोखरा ल्याइको छ । अन्यलाई हेलिकप्टरबाट ल्याइँदै छ ।
विमानमा रहेका नेपालीहरुः
चालक दल
चादक दीपेन्द्र प्रधान,  सह चालक सुरेश केसी,  परिचालिका सन्तमाया तामाङ
यात्रुहरु
डिल्लीराम पन्त,  मधु पन्त,  गोविन्द पहारी,  निरु लाक्पा शेर्पा,  उमा थापा मगर,  सन्तोष विक,  पेमा गुरुङ,  जीआर ठकुरी,  के गुरुङ, एल शेर्पा,  २ वर्षको बच्चा हेमसुङ ।

जेठ २, agency
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>