सुपर डुपर हिट 'जेन्टलम्यान'
गमनम स्टाइन गीत सुपरहिट भएसँगै चर्चामा आएका कोरियाली पप गायक र्यापर साईको नयाँ म्युजिक भिडियो गीत जेन्टलमेनले नयाँ रेकर्ड राखेको छ । छोटो समयमै सबैभन्दा धेरै पटक हेरीएको रेकर्ड राख्न सफल भएको हो । यो भिडियो बिहीबार बिहान स्थानीय समय ११ बजेर १० मिनेटसम्ममा ३० करोड २५ लाखपटक हेरिएको थियो । जेन्टलमेन गीत अप्रिल १३ मा रिलिज गरिएको थियो ।
यो रिलिज भएको २६ दिनमा कायम भएको रेकर्ड हो । साईको यसअघिको चर्चित गीत गाङनाम स्टाइललाई भन्दा झण्डै दुई गुणा छिटो यो गीतले लोकप्रियता हाँसिल गरेको हो । जेन्टलम्यानको अहिलेको जस्तो लोकप्रियता पाउन गाङनाम स्टाइललाई ७५ दिन लागेको थियो । गाङनाम स्टाइल बिहीबार अपराह्नसम्ममा १ अरब ५८ करोडभन्दा बढी पटक हेरिइसकिएको छ । साईको जेन्टलमेन म्युजिक भिडियो गिनिज वल्र्ड रेकर्ड राख्नसमेत सफल भएको छ ।
गिनिज वेबसाइटले जनाएअनुसार २४ घन्टामा हालसम्म धेरैपटक हेरिएको पहिलो अनलाइन भिडियोको रूपमा जेन्टलमेन सफल भएको हो । यो रिलिज भएको २४ घन्टामा ३ करोड ८४ लाखपटक हेरिएको थियो । यसअघि गाङनाम स्टाइलले सबैभन्दा धेरैले हेरेको, सबैभन्दा धेरैले मन पराएको र १ अरबले हेरेको पहिलो अनलाइन भिडियो गरी तीन विधामा गिनिज रेकर्ड राखिसकेको छ ।
इन्साइक्लोपेडिया ब्रिटानिकाले समेत गायक साईको नाम आधिकारिक रूपमा गतहप्ता समावेश गरेको छ । साईलाई दक्षिण कोरियाली गायक, र्यापर र ठट्यौली गीतका माध्यमबाट गतवर्ष अन्तर्राष्ट्रिय प्रसिद्धि प्राप्त प्रतिभाका रूपमा उल्लेख गरिएको छ ।
कोरियाली सरकारको नियन्त्रणमा रहेको केबीएस टीभीले आफ्ना च्यानलहरूमा प्रसारणमा रोक लगाइरहँदा ुजेन्टलमेनु बिलबोर्ड म्युजिक अवार्डका लागि समेत नामांकित भएको छ । गत अप्रिल २३ मा घोषणा गरिएअनुसार टप न्यु आर्टिस्ट, टपस्ट्रिमिङ आर्टिस्ट र टप र्याप आर्टिस्ट गरी तीन विधाका लागि छनोट गरिएको सो अवार्ड मे १९ का दिन प्रदान गरिने बिलबोडले जनाएको छ ।
साई हाल न्युयोर्कमा रहेका छन् । वाईजी इन्टरटेनमेन्टले जनाएअनुसार उनी जेन्टलमेनको प्रस्तुति दिन अर्को महिना रसिया पुग्नेछन् । जुन ७ मा उनलाई मुज टीभी म्युजिक अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस् >>