प्रतिष्ठानमा उपचार लापरवाहीले बिरामी मर्ने अवस्थामा : एकै दिन दुई पटक अपरेशन

डाक्टरको चरम लापरबाहीका कारण पिसाव नलीमा पत्थरियाको शल्यक्रिया गराएकी धरान–११ की मनमाया तामाङको मृत्यु भएको छ । पाँचदिन अघिदेखि सघन कक्ष (आइसियु) मा उपचार गराइरहेकी तामाङको मंगलबार राति मृत्यु भएको हो । jestha 1
जीवन बचाउने चिकित्सकले लापरवाही गरेर बिरामीको ज्यानै गएका घटनाहरु बेलाबेलामा सार्वजनिक भइरहेकै समयमा सुनसरीको धरानस्थित वीपी प्रतिष्ठानमा एकजना बिरामी चिकित्सककै लापरवाहीले मर्नु न बाँच्नुको अवस्थामा पुगेकी छिन् ।
वैसाख २० गते भर्ना भएर २२ गते पिसाव नलीमा पथरियाको अपरेशन गराएकी धरान ११ की मनमाया तामाङ शनिबारबाट गम्भिर भएकी हुन् । नियमित औषधि दिने क्रममा शनिबार सुई लगाएपछि उनको अवस्था एक्कासी गम्भिर बनेको आफन्तले बताएका छन् । अहिले उनलाई  आइसियुमा राखी उपचार गरिइरहेको छ ।
प्रतिष्ठानका सर्जरी विभागका प्रमुख डा. सिएस अग्रवालको अगुवाईमा भएको उपचारमा गरिएको त्रुटीकै कारण बिरामी मर्ने अवस्थामा पुगेको जनाइएको छ ।
एकैदिन दुई पटक अपरेशन
अप्रेशन पूर्व पिसाव बाहिर निकाल्नका लागि जडान गर्ने पाइप पिसाव नली भन्दा केही माथिबाट जडान गरेपछि समस्या सुरु भएको विज्ञहरुले बताएका छन् । अपरेशन पछि पाइपबाट पिसाव बाहिर निस्कनु पर्ने भए पनि ननिस्किइ पेट फुल्दै गएपछि पिसाब बाहिर निकाल्नकै लागि २६ गते बिहान पेटको अप्रेशन गरी पिसाव बाहिर निकालिएको श्रीमान शुक्रले बताए । फेरि सोही दिन दोस्रो पल्ट पनि पिसाव नलीमा लगाइएको पाइप सोझ्याउन अप्रेशन गरिएको थियो । ‘अप्रेशन गर्दासम्म त ठिकै थियो, केही सुधार भइरहेकै थियो । तर, २८ गते विहान नर्सले सुई लगाएपछि एक्कासी बेहोस भइन्,’ उनले भने ।
बिरामी अवस्था गम्भिर भए पनि डाक्टरहरुले आइसियुमा ठाउ नभएको भन्दै आनाकानी गरेको पीडित परिवारले जनाएको छ ।
डाक्टरले स्वीकारे गल्ती
लापरवाही भएको भन्दै आफन्तहरुले विरोधस्वरुप डा. अग्रवालको कार्याकक्षमा तालाबन्दी गरेका छन् । अस्पताल प्रशासनलाई दवाव दिएपछि प्रशासन र आफन्तबीच आइतबार भएको छलफलमा छानविन गर्ने प्रतिबद्धता अस्पताल प्रशासनले गरेको छ । अस्पताल निर्देशक प्राडा अरविन्दा सिंन्हाले आफूले यस विषयमा छानविन समिति बनाउने प्रतिबद्धता जनाएका छन्  । उपचारका क्रममा मृत्यु भए सम्पूर्ण जिम्मा सिएसले नै लिने गरी आफन्तहरुले प्रहरीमा समेत उजुरी दिएका छन् । अस्पताल प्रशासनले बिरामीको सम्पूर्ण लागेको खर्च बेहोर्ने भएको आफन्तहरुले बताएका छन् । डाक्टर अग्रवालले गल्ती भयो भन्दै सबै उपचार खर्च आफै ब्यहोर्ने आश्वासन समेत दिएको बिरामीका पति शुक्रले बताए ।
विवादित डाक्टर अग्रवाल
डा. अग्रवाल बेलाबेलामा विवादमा मुछिने गरेका चिकित्सक हुन् । प्रतिष्ठानमा पेइङ सेवा सूचारु भए देखि डा. अग्रवाल ओपिडीमा समय नदिने, ओपिडीमा आएका बिरामीहरुलाई ल्यावलगायतको परीक्षणका लागि अस्पताल बाहिर पठाउने गर्थे, स्रोत भन्छ । एकदशक अघि महिला बिरामीलाई यौनजन्य दुव्र्यवहार गरेपछि उनको दुइ ग्रेड घटुवा गरेको थियो । अस्पतालले छानविन गरिने समय अवधि भर अग्रवाललाई बिरामी उपचारमा संलग्न हुन नदिने भएको छ ।
भोजराज श्रेष्ठ, धरान, २९ वैसाख
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>