हिमाल चढ्दा पैसा नलाग्ने । कति हो वास्तविक शुल्क ?

तपाइ पनि हिमाल चढ्न चाहनुहुन्छ भने खुसीको खबर । हिमाल आरोहण गर्दा तिर्नुपर्ने रोयल्टीमा सरकारले केही समयका लागि छुट दिने भएको छ ।
सगरमाथा हिरक जयन्तीको अवसर पारि सरकारले ओझेलमा परेका हिमाल आरोहण गर्नेहरुसँग रोयल्टी नलिने भएको हो । ओझेलमा परिरहेका हिमालहरुमा पर्यटक आकषिर्त गरेर पर्यटकीय गन्तव्यस्थल बनाउन सरकारले रोयल्टी मिनाहा गर्ने तयारी गरेको प
र्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ । प्रस्ताव अर्थमन्त्रालयलाई पठाइसकेको सचिव सुशील घिमिरले बताए ।
अर्थमन्त्रालयले सहमति दिएमा पर्यटन मन्त्रालयले मन्त्रीपरिषदबाट पारित गराई कार्यान्वयनमा ल्याउने उनको भनाई थियो । जबसम्म ओझेलमा परेका हिमाल आरोहण गर्न पर्यटक आकषिर्त हुँदैनन तबसम्म रोयल्टी नलिने सरकारको तयारी छ । कुन हिमाल कहिले, कसरी चढ्दा कति शुल्क लाग्छ, थाहा पाउन यो हेर्नुहोस् :
कति हो वास्तविक शुल्क ?
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा रोयल्टी पनि बढी लिने गरिएको छ ।
दक्षिणपूर्वी धारबाट सगरमाथा आरोहण गर्नेले सबैभन्दा बढी रोयल्टी बुझाउनुपर्छ । जसमा १ जना भए २५ हजार अमेरिकी डलर, २ जनाको ४० हजार, ३ जनाको ४८ हजार, ४ जनाको ५६ हजार, ५ जनाको ६० हजार, ६ जनाको ६६ हजार, ७ जनाको ७० हजार र त्योभन्दा बढी १५ जनासम्मको प्रतिव्यक्ति १० हजार अमेरिकी डलर तिर्नुपर्छ ।
दक्षिणपूर्वी धारबाहेक अन्य बाटोबाट आरोहण गर्नेले कम रोयल्टी बुझाए पुग्छ । जसमा १ जनाको १५ हजार अमेरिकी डलरबाट सुरु भएर ७ जनाको ५० हजार बुझाए पुग्छ भने त्योभन्दा बढीको प्रतिव्यक्ति १० हजार अमेरिकी डलर पर्छ ।
सगरमाथाको रोयल्टीदर पनि बढी भएकोले बढी उठ्ने गरेको उपसचिव सापकोटाले बताए । त्यसबाहेक ८ हजार मिटरभन्दा अग्ला अन्य हिमालको रोयल्टी एक जनाको ५ हजार अमेरिकी डलरबाट सुरु भएर ७ जनाको १० हजार अमेरिकी डलर पर्छ ।
थप प्रतिव्यक्तिको १ हजार ५ सय डलर पर्छ । सगरमाथाको तुलनामा अन्य हिमालमा जाने आरोही कम हुने र रोयल्टी पनि सस्तो हुने हुनाले अरू हिमालको आम्दानी कम हुने गरेको उनको भनाइ छ ।
७ हजार ५ सय १ मिटरदेखि अग्ला ८ हजार मिटरभन्दा होचा हिमाल आरोहण दस्तुर एक जनाको २ हजार डलरबाट सुरु भएर ७ जनाको ४ हजार डलर तोकिएको छ भने थपमा प्रतिव्यक्ति ५ सय अमेरिकी डलर तिर्नुपर्छ । १५ जनासम्मको समूहले अनुमति पाउने गरेका छन् ।
शरद ऋतुमा हिमाल आरोहण गर्नेलाई वसन्तको भन्दा आधा र शिशिर तथा वषर ऋतुमा आरोहण गर्नेलाई शरद ऋतुको भन्दा पनि आधा रोयल्टी लिने गरिएको छ । यो नियम सबै हिमालमा लागू भएको महाशाखाले जनाएको छ ।
सरकारले आरोहणका लागि ३ सय ६२ वटा हिमाल खुला गरेपनि सगरमाथामा धेरैको चासो हुने र ८ हजार मिटरभन्दा अग्ला ७ वटा र ६ हजार ८ सय १२ मिटर अग्लो आमा दब्लम हिमालमा केहीले आरोहण गर्ने उत्साह देखाए पनि अन्य हिमालमा भने नगण्य आरोही जाने गरेका महाशाखाले जनाएको छ । खुला गरिएका १ सय १० वटा हिमालमा त अहिलेसम्म एकजना आरोही पनि गएका छैनन् ।
२७ बैशाख\


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>