चार वर्षिया बालिका आइपयाड दुव्र्यसनी
बेलायतमा आइप्याड एडिक्ट (आइप्याड दुर्व्यसनीबाट ग्रस्त) चार वर्षीया एक बालिकालाई मानसिक उपचार गर्न अस्पताल भर्ना गरिको छ ।
नाम नखुलाइएकी ती बालिकाले सानो उमेरदेखि नै आइप्याड प्रयोग गर्ने गरेकाले यस्तो समस्या देखिएको समाचारमा जनाइएको छ ।
सानो उमेरदेखि नै आइप्याड चलाउन थालेकी ती बालिकाको व्यवहारमा अस्वाभाविक परिवर्तन आएपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।
बालिकाको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बालिकामा आइप्याडमा उपलब्ध खेलहरु खेल्ने लत बसिसकेको छ । उनले तीन वर्षको उमेरदेखि आइप्याड चलाउन थालेकी थिइन् ।
बालिकाको उपचारमा संलग्न मनोविज्ञ डा. रिचार्ड ग्राहमले धेरैजसो बालबालिकामा आइप्याडको लत यही उमेरमा लाग्ने गरेको भन्दै आफ्ना बालबालिकालाई आइप्याडको साथमा एक्लै नछोड्न आग्रह गर्नुभयो ।
बेलायतमा निकै व्यस्त हुने बाबुआमा मध्ये करिब आधाले आफ्ना वालवालिकाको साथीको रुपमा आइप्याड दिने गरेको तथ्य बिहीबारमात्र सार्वजनिक भएको थियो । काममा जानुपर्ने भएकोले अभिभावकले बालबालिकालाई खेल्ने साधनको रुपमा आइप्याड दिने गर्छन् ।
प्रतिक्रिया दिनुहोस् >>